‘एनआईसी एशिया’ बैंकका ग्राहकलाई ‘फ्रन्टलाइन हस्पिटल’मा डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुटको सुविधा

दियोपोस्ट संवाददाता  

काठमाडौँ । एन.आई.सी. एशिया बैंकका ग्राहकहरुलाई फ्रन्टलाइन हस्पिटलका विभिन्न सेवाहरुमा विशेष छुट उपलब्ध गराउने सम्झौता भएको छ । अस्पतालमा डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुटको सुविधा छुट उपलब्ध गराउने सम्बन्धमा बैंक र हस्पिटलबीच सम्झौता सम्पन्न भएको हो ।

यस सम्झौतासँगै एनआइसी एशिया बैंकका ग्राहकहरुले नोबल कलेज अफ हेल्थ एण्ड एजुकेसन फाउन्डेसन प्रा.लि. अन्र्तगत काठमाडौंस्थित पुरानो बानेश्वरमा रहेको फ्रन्टलाइन हस्पिटलमा विभिन्न सेवा लिदाँ डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्ने बताइएको छ ।

उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट डिजिटल पेमेन्ट इकोसिस्टम प्रमुख बिमल लम्साल र फ्रन्टलाइन हस्पिटलका तर्फबाट क्लिनिकल प्रेसिडेन्ट डा.योगेश न्यौपानेले हस्ताक्षर गरेका थिए ।

यस सुविधाको उपभोग गर्न ग्राहकहरुले एनआइसी एशिया बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ ।

फ्रन्टलाइन हस्पिटलसँगको यस सहकार्यले यस बैंकका ग्राहक महानुभावहरुलाई स्वास्थ्य उपचारमा सहयोग पुग्नुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने एनआइसी एशिया बैंकका प्रमुख सूचना अधिकारी तथा सहायक प्रमुख कार्यकारी अधिकृत अर्जुन राज खनियाले जानकारी दिए ।

 

सिफारिस