अँध्यारोमा हराएको श्रमिकको इतिहास !

- अजय निरौला  

-अजय निरौला

तिनीहरू हातमा हथौडा, काँधमा क्रान्तिको सपना बोकेका थिए,
माटो, पसिना र पीडाले गढिएका अनुहारहरू—
गोलीको आवाज र नाराको लहरसँगै
एकदिन उनीहरू इतिहासको अँध्यारोमा हराए।

गोपाल डंगाल, तपाईं पनि त्यसै अँध्यारोको यात्रु,
मृत्युको प्रमाण बिना, तर बलिदानको सत्यसहित,
मजदुरको गीतमा, किसानको आह्वानमा,
तपाईंको नाम आज पनि धड्किरहेछ।

बेपत्ताहरूको कथा किताबमा मात्र होइन,
हाम्रो चेतनाको नसा–नसामा लेखिएको छ।
यो माटोले कहिल्यै बिर्सने छैन—
कि श्रम र रगतको मूल्य इतिहासले चुकाउनै पर्छ।

(यो कबिता जनयुद्धका बेपत्ता मजदुर–योद्धा गोपाल डंगालप्रति समर्पित छ)

सिफारिस