बालुवा निकाल्न स्क्याभेटरले खनेको खाल्डोमा डुबेर २ जनाको मृत्यु, स्थानियले जलाए स्क्याभेटर !

दियो पोस्ट  

दियोपोस्ट संवाददाता


धादिङ, २५ साउन । धादिङको गजुरी गाउँपालिका गाउँपलिका ६ पीडा ठूलिफाँट स्थित दरिङ्गाल खोलामा बालुवा झिक्न बनेको खाडलमा परी २ जनाको मृत्यु भएको छ ।


स्क्याभेटरले खोलामा खनेको खाडलमा परी गजुरी ७ का भिम तामाङ र सुमन तामाङको मृत्यु भएको हो ।


उनीहरुको मृत्यु भएपछि स्थानियबासीले ३ वटा स्क्याभेटरमा आगजनी गरेका छन् । स्थानियबासीले डोजर जलाएपछि त्यहाँको अवस्था तनावग्रस्त बनेको छ । तर जिल्ला प्रशासन कार्यालय धादिङले भने अ

वैध रुपमा नदि तथा खोलामा स्क्याभेटर प्रयोग गर्दा पनि कुनै कारबाही गर्न सकेको छैन ।
स्थानियबासीले आगजनी गरेपछि सशस्त्र प्रहरी परिचालन गरी नियन्त्रण गर्ने कोशिस गरिएको छ । यद्धपी स्थानियबासी आक्रोशित भएपछि तनावग्रस्त अवस्था श्रृजना भएको छ ।

सिफारिस