काठमाडौं, ३० साउन । प्रहरीद्वारा पक्राउ गरिएका न्युज २४ टेलिभिजनका पत्रकार रवी लामिछानेले आफूले प्रहरी अनुसन्धानमा सहयोग गर्ने बताएका छन् । पक्राउ पर्नुअघि पक्राउ पुर्जीमा हस्ताक्षेर गर्दै लामिछानेले यस्तो बताएको पाइएको छ ।
आजै प्रसारण हुने कार्यक्रम सीधाकुरा जनतासँग प्रसारण हुनु एक घण्टा २५ मिनेट अघि प्रस्तोता लामिछानेलाई प्रहरीले नियन्त्रणमा लिएका कारण कार्यक्रम भने अवरुद्ध भएको छ ।
प्रहरीले केही बेरअघि पक्राउ गरेको अस्मीता कार्कीको बयानका आधारमा लामिछानेलाई पक्राउ गरेको हो ।
माउन्टेन टेलिभिजनका पत्रकार स्वर्गिय शालिकराम पुडासैनीको रहस्यमयी आत्महत्या प्रकरणमा लामिछानेलाई छानबीनका लागि पक्राउ गरिएको हो ।
तस्विर स्रोत : न्युज २४ टेलिभिजन