पत्रकार किशोर श्रेष्ठलाई मृतक पुडाशैनीकै परिवारले भिडियो उपलब्ध गराएको खुलासा !

पत्रकार किशोर श्रेष्ठलाई मृतक पुडाशैनीकै परिवारले भिडियो उपलब्ध गराएको खुलासा !

काठमाडौं, भदौ २ । पत्रकार किशोर श्रेष्ठले चितवनमा झुण्डिएको अवस्थमा मृत भेटिएका पत्रकार सालिकराम पुडाशैनीको आत्महत्या भन्दा अघिको भिडियो सालिकरामै परिवारले उपलब्ध गराएको बताएका छन् ।

एक युटुब च्यानललाई अन्तरवार्ता दिदै पत्रकार श्रेष्ठले नेपालआजलाई पनि आफूले नै भिडियो उपलब्ध गराएको बताए । अनुसन्धानमा सहयोग हुन्छ भनेर आफूले भिडियो सार्वजनिक गरेको पनि उनले बताए ।

भिडियो सार्वजनिक गरेपछि अनुसन्धानमा सहयोग पुग्ने भन्दै उनले भिडियो पुलिस, अथवा अरु कुनै सरकारी निकायबाट प्राप्त गरेको प्रमाणित गरेर देखाउन चुनौती दिए । युटबसँग कुरा गर्दै उनले ६ महिनादेखि सालिकरामले आत्महत्याको प्रयास गरेको भनेर परिवारले आफूलाई बताएको पनि बताए ।

अहिले भिडियो किन र कसरी ल्यायो भन्नुभन्दा पनि त्यो भिडियोमा भएको कुरा सत्य कुरा के हो छानविन हुनुपर्ने उनको तर्क छ । रवी लामिछाने झुट हो भनेर प्रमाणित गर्ने पक्षमा आफू नरहेको भन्दै उनले अनुसन्धानलाई प्रभावित गर्ने गरी भीड नगर्न पनि सबैसँग आग्रह गरे ।

उनले भिडियोमा आफूले कसैलाई फसाउनका लागि या कसैलाई सिध्याउनका लागि मात्रै भिडियो सार्वजनिक नगरेको बरु अनुसन्धानमा सहयोग पुगोस भनेर सार्वजनिक गरिएको बताए ।

रवि लामिछाने आफैँले अनुसन्धान गर्नमा आफूले सहयोग गर्न तयार रहेको भनिरहेका बेला केही हुलले अनुसन्धान नै गर्न पाईदैन भन्दै भिडभाड गर्नु गलत रहेको पनि उनले बताए ।

Trending News