नयाँ बसपार्क मोरङ पर्वत धौलागिरी पोखरा गेष्ट हाउसमा एक जोडीले गरे आत्महत्या !

दियो पोस्ट  

काठमाडौं ४ भदौ । राजधानी काठमाडौंको नयाँ बसपार्कको अगाडी रहेको मोरङ पर्वत धौलागिरि पोखरा गेष्ट हाउस एक जोडीले आत्महत्या गरेका छन् ।


कोठामा झुन्डिएर आत्महत्या गरेको भेटिएपछि होटल अगाडी ठूलो भिड लागेको छ ।

महानगरीय प्रहरी बृत महाराजगन्जका डिएसपी फणिन्द्र प्रसाईंले घटनाबारे विवरण बुझ्न सम्पर्क गर्दा आफूले केही भन्न नमिल्ने भन्दै अस्विकार गरे ।


प्रहरी स्रोतका अनुसार चितवनको खैरहनी नगरपालिका–२ का यम थापा मगर र मकवानपुर कालढुंगाकी सविना बजगााईं ‘सुनिता’ले आत्महत्या गरेको जनाइएको छ ।


गेष्ट हाउसको १११ नम्बर कोठा बन्द गरिएको अवस्थामा युवती खाटमा पल्टिरको र युवा भुँईमा पल्टिरहेको अवस्थामा फेला परको हुन् ।


प्रहरीले घटना अनुसन्धानका लागि टोली परिचालन गरेको छ । घटनाबारे थप विवरण आउन बाँकी नै छ ।

सिफारिस