रवि लामिछाने पक्राउ प्रकरण : प्रचण्डको नाम जोडेर एसपी मल्लको बदनामी गर्ने पक्राउ !

रवि लामिछाने पक्राउ प्रकरण : प्रचण्डको नाम जोडेर एसपी मल्लको बदनामी गर्ने पक्राउ  !

काठमाडौं, ६ भदौ । चितवन प्रहरीले नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चितवन प्रहरी प्रमुखलाई जोडेर सामाजिक सञ्जालमा चरित्र हत्या गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।


पक्राउ पर्नेमा अरविन्द गुरुङ रहेका छन् । ती युवाले सामाजिक सञ्जालमा चितवनका प्रहरी प्रमुख एसपी दान बहादुर मल्ल र पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष प्रचण्डको सम्बन्धमा गलत सन्देश लेखेका थिए ।


चितवन प्रहरीले उनलाई बुधबार बेलुका नै पक्राउ गरेको बताएको छ । सामाजिक सञ्जालमा रवी लामिछानेको समर्थनमा उच्श्रृङ्खल गतिविधि गर्नेलाई प्रहरीले पक्राउ गर्न थालेको छ । हालसम्म २२ जनालाई पक्राउ गरी अभद्र व्यावहार सम्बन्धि मुद्दा लगाइसकेको छ । कतिपय ५ सय धरौटीमा छुटेका छन् ।


माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीको आत्महत्यामा दुरुत्साहन गरेको भिडियोका आधारमा प्रहरीले न्युज २४ टेलिभिजनको जनतासँग सिधा कुरा कार्यक्रमका प्रस्तोता रवि लामिछानेलाई पक्राउ गरेको थियो ।

पक्राउपछि उनलाई अदालतले २ पटक म्याद थपेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिइसकेको छ ।

Trending News