काठमाडौं, ८ भदौ । गैर आवासीय नेपाली संघ एनआरएनका अध्यक्ष भवन भट्टले मदिरा पिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित सिल्क एयरमा ताण्डव देखाएका छन् ।
मदिराले अनियन्त्रित भएर उडानदल सदस्यलाई अभद्र व्यवहार गरेपछि अध्यक्ष भट्ट र संचारकर्मी सनत न्यौपानेलाई सिल्क एयरले विमानबाट निकालिएको छ । उनीहरुले विमानस्थल प्रहरीलाई समेत दुर्व्यबहार गरेका थिए ।
शनिबार राती पौने १० बजे विमानस्थलबाट सिंगापुर उड्ने तयारीमा रहेका भट्ट विमानका कर्मचारीले फर्काइदिएपछि राजधानीमै छन् ।
सिल्क एयरलाइन्सको फ्लाइट नम्बर एसएलके ४१३(कल साइन एमआइ४१) विमानमा मदिरा सेवन गरेर होहल्ला गर्दै विमान दलमा रहेका सदस्यहरूलाई अभद्र व्यबहार गरेपछि सो एयरलाइन्सले विमानस्थल प्रहरीको सहयोगमा विमानबाट निकालेको हो । विमानस्थलबाट निकालिएपछि सुभदिन डटकमका सञ्चालक समेत रहेका सनत न्यौपानेले फेसबुक लाईभ गरेका थिए । भट्टले मदिराले लठ्ठिएर प्रहरीसँग गरेको दुर्व्यबहारको भिडियो भने हटाइएको छ । केही बेरमा अपलोड गरिएको अर्को भिडियोमा सनत मदिरामा बोलेको स्पष्ट हुन्छ ।
भट्टले यसरी मदिरा पिएर होहल्ला गर्ने गरेको नयाँ तथ्य भने होइन । उनले यसअघि पनि पटक पटक यस्तो गर्ने गरेका थिए ।
उनीहरु मदिरा पिएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिंगापुर स्थित अस्पतालमा भेट्न जान लागेको समेत पाइएको छ ।
मदिरा पिएर उनका सञ्चार सहयोगी सनत न्यौपानेले लाइभ गरेको भिडियो पुरा हेर्नुहोस् ।