काठमाडौं, ९ भदौ । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणका अभियुक्त टेलिभिजन प्रस्तोता रवि लामिछाने ५ लाख धरौटीमा रिहा हुने भएका छन् ।
उनका सहकर्मी युवराज कँडेललाई भने ३ लाख धरौटीमा रिहा गर्न जिल्ला अदालत चितवनले आदेश दिएको छ ।
त्यस्तै रविसँगै पक्राउ परेकी शालिकरामकी प्रेमिका भनिएकी अस्मिता कार्की रुकुलाई सामान्य धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
जिल्ला अदालत चितवनका न्यायधीश हेमन्त रावलको इजलाशले लामिछाने सहितका अभियुक्तलाई धरौटीमा छाड्न आदेश दिएका हुन् ।
अदालतको आदेशसँगै रविका समर्थकलाई राहत मिलेको छ । यसअघि काठमाडौं जिल्ला अदालतमा रहेका रावल विभिन्न समयमा विवादित फैसला गरेका कारण विवादमा तानिएका थिए ।