रमेश सायनको ‘छुटेको अनुहार’ लाई पद्मश्री साहित्य पुरस्कार

Diyo post  

काठमाडौं, भदौ १० । यस वर्षको पद्मश्री साहित्य पुरस्कार रमेश सायनको संस्मरण ‘छुटेको अनुहार’ लाई प्रदान गरिने छ ।

यस्तै पद्मश्री साधना सम्मानबाट इतिहासविद् डाक्टर महेशराज पन्तलाई सम्मान गर्ने निर्णय भएको खेमलाल हरिकला लामिछाने प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले जानकारी दिए ।

दुई–दुई लाख रुपैयाँ राशीका पुरस्कार कोजाग्रत पूर्णिमाका दिन अर्पण गरिनेछ । आफैले भेटेर छुटेका केही पात्र र उनीहरुको मनोवृत्ति कलात्मक रुपले पस्केको ठहर गर्दैै निर्णायक मण्डलले उत्कृष्ट ठहर्याएका आधारमा ‘छुटेका अनुहार’ कृतिलाई पद्मश्री साहित्य पुरस्कारबाट सम्मान गर्ने निर्णय गरिएको अध्यक्ष लामिछानेले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै नेपाली भाषा, संस्कृति र इतिहासका अन्वेषक डाक्टर पन्तका ६ वटा पुस्तक प्रकाशित छन् । उनले २०२१ सालदेखि इतिहास प्रधान पत्रिका पूर्णिमा पनि प्रकाशन गरिरहेका छन् ।

सम्बन्धित खबर