सेतो भवनको ‘कालो कथा’ : करोडौंको सरकारी सम्पत्ति हत्याएर सरकारी जग्गामै सुह्रिदको अवैध धन्दा !

दियो पोस्ट  

काठमाडौं, ११ भदौ । राजधानी काठमाडौंको बालाजु चोकबाट स्वयम्भू तर्फ सडकको बायाँ तिर नजर मोड्नु भयो भने एउटा भव्य सेतो भवन देखिन्छ । भवनको गेटदेखि भित्रसम्म ठूला अक्षरमा देखिन्छ,‘कन्टिेन्टल, इसुजु’ । बालाजु औद्योगिक क्षेत्रको १३ रोपनी क्षेत्रफलमा फैलिएको उक्त भवनबाट इसुजु, किया ब्रान्डको गाडीहरुको कारोबार भइरहेको छ । तर, यो सेतो भवनबाट एउटा कालो विगत जोडिएको छ ।


कुनै समय नेपालीहरुले इभररेडी ब्याट्री अत्याधिक चलाउँथे । जुन नाम ‘एभ्रीडे’ भनेर हरेक नेपालीको मुखमा झुन्डिएको थियो । सोही स्थानमा उक्त ब्याट्री कारखाना अवस्थित थियो । तर, भूमाफिया र तत्कालिन बालाजु औद्योगिक क्षेत्रको मिलेमतोमा ब्याट्री कारखानाको झन्डै १३ रोपनी जग्गामा एक विवादास्पद व्यापारीले रजाई गरिरहेका छन् । त्यसरी सरकारी सम्पत्ति विभिन्न तिकिडम गरेर रजाई गर्ने विवादास्पद व्यापारी हुन्–सुह्रिदराज घिमिरे ।


नेपाली र भारतीयको संयुक्त लगानीका कुनै समय निकै चर्चित व्याट्री कारखाना २०५७ सालमा मजदुर आन्दोलनका कारण बन्द हुन पुग्यो । कारण थियो– विभेद । नेपाली कामदार र भारतीय कामदारलाई विभेद गरेको भन्दै नेपाली कामदारले आन्दोलन गरेपछि उक्त खारखानामा आन्दोलन भएको थियो । आन्दोलनकारीले भारतीय कामदार सरह आफूहरुले पनि तलबभत्ता पाउनुपर्ने माग राखेका थिए । सोही मागबाट तर्सिएको भारतीय लगानीकर्ता उद्योग बन्द गरेर भाग्यो ।


बालाजु औद्योगीक क्षेत्रको स्वामित्वमा रहेको उक्त जमिनमा भारतीय र नेपाली लगानीको भवन र सरसामन थिए । यद्धपी व्याट्री उत्पादन भने हुन सकेन । बालाजु औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले भारतीय लगानीकर्तालाई फिर्ता बोलायो तर उनीहरुले अस्विकार गरे ।

औद्योगिक क्षेत्रको करिब १३ रोपनी जग्गामा ब्याट्री कम्पनिको स्वामित्वमा रहेको करोडौँको भवन र लाखौँको सामानसहितको सम्पत्ति हत्याउने प्रपञ्चको थाल्ने प्रमुख पात्र थिए– सुह्रिद घिमिरे । उनको कालो नियतलाई तत्कालिन औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका उच्च अधिकारीले पनि साथ दिए ।


दर्जनौँ धन्दामा समलग्न घिमिरेको स्वामित्वमा दुई वटा कम्पनिले बालाजु औद्योगिक क्षेत्रको सरकारी जग्गामा रजाई गरिरहेको छ । कन्टिेन्टल कम्पोनेन्ट एण्ड सर्भिसेज प्रा.ली र कन्टिेन्टल सर्भिसेज प्राली मार्फत ‘करिब १० करोडको सम्पति कौडीको भाउमा हत्याउने प्रमुख पात्र घिमिरे अर्बपति व्यापारी हुन् ।

२०६७ असार ३ गते घिमिरेको स्वामित्व रहेको कन्टिनेन्टल कम्पोनेन्ट सर्भिसेज प्राली र बालाजु औद्योगिक क्षेत्रभित्र रहेको उक्त जग्गा भाडामा लिने दिने सम्झौता भएका थियो ।

कौडीको भाउमा सरकारी जग्गा भाडामा !

‘क्षेत्र(बालाजु औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड)ले औद्यौगिक क्षेत्र स्थित आफ्नो स्वामित्वमा रहेको सलंग्न लेआउट प्लान बमोजिम प्लट नम्बरको १०.४६ (दश दशमलव चार छ) रोपनी क्षेत्रफल जग्गा श्री कन्टिनेन्टल कम्पोनेन्ट सर्भिसेज प्रा.लीलाई गाडीहरु मर्मत तथा सर्भिसिङ गर्ने उद्योग सञ्चालनका लागि पट्टा दिनेछ,’ सम्झौताको पहिलो बुँदामा भनिएको छ । सम्झौतामा १० रोपनी भनिएपनि अन्य २ दशमलव ८६ रोपनी जग्गापनि घिमिरेले नै उपयोग गरे ।


सम्झौतामा अचम्मको अर्को एउटा बुँदा पनि छ जसमा भाडादर उल्लेख गरिएको छ । त्यतिबेला काठमाडौंमा जग्गाको भाडा प्रति रोपनी एक लाख रुपैयाँ चलेको थियो । तर, घिमिरेले भने प्रति रोपनी प्रतिवर्ष ५ हजार ६८ रुपैया ६३ पैसामा हत्याए ।


‘उद्योगले पट्टामा लिएको जग्गा भाडाबापत प्रति रोपनी प्रतिवर्ष रु.५०६८।६३ (अक्षरुपी पाँच हजार अठसठ्ठी र पैसा तृसठ्ठीमात्र) का दरले क्षेत्रलाई भाडा बुझाउन पर्नेछ । तर आवश्यकता अनुसार उक्त भाडा दर क्षेत्रले संशोधन गर्न सक्नेछ र संशोधन दर क्षेत्रले उद्योगलाई सुचना गरेको मितिदेखि लागु भएको मानिनेछ,’ सम्झौताको चौँथो बुँधामा भनिएको छ ।

EPSON scanner image


यो सम्झौता अनुसार १३ रोपनी जग्गा मासिक ३४ सय २२ रुपैयाँ ३८ पैसामा हत्याएपछि उनको अर्को मिसन थियो–करोडौँको भवन । यद्धपी सम्झौतामा ब्याट्री कारखाना र उसले निर्माण गरेको करोडौंको भवनबारे एकशब्द उल्लेख गरिएन ।

क्षेत्रका तर्फबाट तत्कालिन व्यवस्थापक रत्नहरि गौतम र कन्टिनेन्टलको तर्फबाट घिमिरेले नै सम्झौतामा हस्ताक्षेर गरेका थिए । स्रोत भन्छ,‘त्यतिबेला सम्झौताका हस्ताक्षेर कर्ता गौतम सहितका पदाधिकारी नै आर्थिक लालचमा परेका थिए ।’


फलस्वरुप कर्मचारीकै मिलेमतोमा सार्वजनिक खरिद ऐनको धज्जी उडाउँदै सम्झौता गरियो । त्यस्ता सम्पत्ति सरकारले जफत वा कब्जा गरेको सम्पत्ति पहिले बोलपत्र आव्हान गर्नुको सट्टा सुह्रिदले रातारात कब्जा जमाए । सुह्रिदले जग्गा भाडामा लिने नाममा ब्याट्री कम्पनिको १० करोड भन्दा माथिको भवन र करोडौंको सम्पत्ति हत्याए ।


०००


पहिलो बुँदामै बदमासी !


औद्योगिक क्षेत्रभित्र सवारी साधन मर्मत केन्द्र वा स्वरुम सञ्चालन गर्न पाइँदैन । उत्पादन मुलक उद्योग बाहेक शोरुम तथा वर्कसप समेत सञ्चालन गर्न नदिने प्रावधान निर्देशिकामै व्यवस्था छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको कार्य सञ्चालन तथा व्यवस्थापन निर्देशिका (२) को कले प्रथामिकताको क्षेत्रहरु छुट्याएको छ ।

उक्त निर्देर्शिकाको (२) क को १ मा भनिएको छ,–‘उत्पादनमुलक उद्योग अन्तर्गत कच्चा पदार्थ वा प्रशोधित कच्चा पदार्थ वा खेर गएको वस्तु प्रयोग गरी वा प्रशोधन गरी मूल्य अभिवृद्धि गरी मालसामान उत्पादन गर्ने उद्योग ।’


तर घिमिरेले भने सरकारी जमिनमा विभिन्न सवारी साधनको स्वरुम सञ्चालन गरिरहेका छन् । निर्देशिकाको २ ग अनुसार त उनले सञ्चालन गरिहेको उद्योग नै अवैधानिक हो ।


‘उद्योगका लागि भनी छुट्टाइएको औद्योगिक क्षेत्र भित्रको जग्गा तथा भवन भाडामा दिने सम्बन्धी प्रस्ताव आव्हन गर्दा सवारी साधनको मर्मत केन्द्र (सर्भिस सेन्टर वा वर्कशप) वा प्रदर्शनी जन्य उद्योगहरु प्राथमिकतामा नपर्ने भएकोले सो उद्योगलाई प्रतिस्पर्धामा भाग लिन नपाउने व्यवस्था गर्न सक्नेछ,’ निर्देशिकामा भनिएको छ ।


औद्योगिक भन्दा पनि व्यापारिक धन्दा गरेर उनले सरकारको १३ रोपनी जग्गामा रजाईं गरिरहेका छन् । २० वर्षका लागि भाडामा लिएका उनले लगत्तै उक्त स्थानमा ठूलो व्यापारिक भवन बनाउन खोजेका थिए । तर, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका कार्की थरका एक कर्मचारीले अख्तियारमा उजुरी हालेपछि त्यो योेजना भने तुहियो ।

तत्कालिन अख्तियारमा परेको उजुरीमा सुह्रिदले उक्त जग्गा भाडामा लिँदा करोडौंको सम्पत्ति र भवन कब्जा गरेको उल्लेख थियो । सोही उजुरी पछि अख्तियारले छानबीन थालेको थियो । उद्योग, अर्थ लगायतका मन्त्रालयको उपस्थितिमा उक्त जग्गा भाडामा दिने समयमा ‘गोलमाल’ भएको निष्कर्श नै आएको थियो । त्यतिबेला सम्पत्तिको लिलामी गरी भाडा बढाउने निर्णय भएको थियो । तर, घिमिरले फँट्याई पूर्वक सरकारी सम्पत्ति हत्याउन लागि परिरहे । तत्कालिन मन्त्रालयले उक्त भवन र सम्पत्तिको कम्तीमा १ करोड ५० लाखको मुल्यांकन गरेको थियो । यता घिमिरले भने उक्त स्थानमा भवन नै नरहेको भन्दै सरकारलाई नै ढाँट्न थालेका थिए तर ५५ लाख राजश्व तिर्न भने बाध्य भएका थिए ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड र उनको स्वामित्वको कम्पनिबीचको सम्झौतामा गाडीको स्वरुम राख्ने शब्द कतै उल्लेख थिएन । सम्झौताको पहिलो बुँदामा गाडीहरु मर्मत तथा सर्भिसिङ उद्योग सञ्चालनका लागि’ भन्ने शब्द उल्लेख थियो । तर, घिमिरेले कहिल्यै मर्मत केन्द्र वा सर्भिसिङ सेन्टर चलाएनन् उनले शुरुमै किया मोटरको स्वरुम राखे । सोही स्वरुम बाट गाडी विक्रीको धन्दा चलाए । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको छातीमै टेकेर घिमिरेले अवैध धन्दा चलाइरहेपनि लिमिटेडले भने मौन सहयोग गरिरहेको छ ।


क्षेत्र भन्दा घिमिरे शक्तिशाली !


औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा विगत लामो समयदेखि नन्द किशोर बस्नेत अध्यक्ष छन् । तत्कालिन उद्योग मन्त्री महेश बस्नेतको ठाडो आदेशबाट अध्यक्ष र महाप्रवन्धक समेत आफै बनेका बस्नेतको केही महिनाअघि महाप्रवन्धक र अध्यक्षकै म्याद सकिएको थियो । तर, प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो निर्देशनमा पुन नियुक्त भएका अध्यक्ष बस्नेतले उनलाई कारबाही गर्न सकेका छैनन् । क्षेत्रले बढाएको भाडा समेत घिमिरेले तिर्न मानेका छैनन् ।


सम्झौता भएको ७ वर्षपछि २०७४ माघ १७ गतेको बैठकले बालाजु औद्योगिक क्षेत्रभित्र रहेका व्यापारिक क्षेत्रका लागि २०७५ साउन १ गतेदेखि लागू हुने भाडा बढाइयो । बैठकले उक्त जग्गा चमती जग्गा एकिकरण आयोजनामा परेको भन्दै योगदानमा आधारित कट्टीमासमेत उक्त जग्गा पर्यो । पहिले करिब १३ रोपनी भएको जग्गा कट्टीपछि १० रोपनीभन्दा केही बढी भयो । यससँगै जग्गाको क्षेत्रफल पनि घटेको थियो ।


क्षेत्रले उक्त जग्गाको भाडा वार्षिकमा होइन मासिक र प्रति आनाको रकम बुझाउनुपर्ने नियम ल्यायो । उक्त जग्गाबाट प्रति आना २ हजार ५ सय रुपैयाँ भाडा लिन पत्राचार गर्यो । सम्झौताको चार नम्बर बुँदामा ‘आवश्यकता अनुसार भाडादर संशोधन गर्न सक्नेछ’ भन्ने उल्लेख थियो । सोही सम्झौतालाई आधार मानेर क्षेत्रले भाडा बढाएको थियो । तर, घिमिरेले भाडा तिर्नुको सट्टा मुद्दा मामिलाको बाटो रोझे । नेपालका अधिकांश धनाड्यहरु अदालतको सहारामा राज्यलाई ठगिरहेका छन् ।


वार्षिक ६५ हजार ८ सय ९२ रुपैयाँ १९ पैसा तिरिरहेका घिमिरेले वार्षिक ४८ लाख रुपैयाँभन्दा बढी रकम बुझाउनुपर्ने हुन्थ्यो । उनले अल्झाउने र क्षेत्रलाई दुख दिने नियतले जिल्ला अदालत काठमाडौंमा मुद्दा हाले । न्यायलयमा सेटिङ गर्न माहिर घिमिरेलाई सहयोग पुग्ने गरी जिल्ला अदालत काठमाडौंले २०७५ साल असार १९ गते बालाजु औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयको निर्णय कार्यन्वयन नगर्न नगराउन अन्तरिम आदेश दियो ।

भाडा बुझाउन अटेरी गरिरहेका उनलाई अदालतको आदेशले ढाडस दियो फलश्वरुप उनले अहिलेसम्म पनि भाडा तिरेका छैनन् । अरुण कन्टिनेन्टलका मालिक समेत रहेका उनले बालाजु औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय तथा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको नाममा ५ वटा मुद्दा हालेर अन्तरिम आदेश लिएका छन् ।


को हुन् घिमिरे ?


रामेछापको सामान्य परिवारमा जन्मिएका घिमिरेको ५० अर्बभन्दा बढी सम्पत्ति रहेको अनुमान छ । उनी विरुद्ध सम्पत्ति सुद्धिकरणमा समेत मुद्दा चलिरहेको छ ।

अरुण कन्टिनेन्टल तथा कन्टिनेन्टल एशोशियटका मालिक, ग्लोबल आइएमइ बैंकको प्रमोटर डाइरेक्टर रहेका घिमिरे, छायाँ सेन्टर, नेपाल लाईफ, ह्याम्स अस्पताल, नेपाल लाईफ, तिलगंगा आँखा अस्पताल लगायत दर्जनौँ कम्पनिमा आवद्ध छन् । उनको स्वामित्वमा रहेको विभिन्न कम्पनिले कर छली, भ्याट छलीको धन्दा नै चलाएको छ । उनले दर्जनौँ कन्स्ट्रक्सन कम्पनि, घर जग्गा कम्पनी चलाएका छन् । उनी गोकर्ण गल्फ क्लबका अध्यक्ष समेत हुन् ।


कमलपोखरी कब्जा गरेर बनाइएको छायाँ सेन्टरका निर्देशक पनि उनै घिमिरे नै हुन् ।
गैह्रकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा सम्पत्ति सुद्धिकरण विभागले उनको ‘इन्टरबोर्डर कारोबार’ अनुसन्धान गरिरहेको छ ।


अरुण कन्टिनेन्टल तथा यसका सिस्टर कम्पनीमार्फत् कोमात्सुका डोजर लगायतका उपकरण आयात गर्ने क्रममा कर छली गरेको र अकुत सम्पत्ति कमाएको आरोप उनीमाथि छ । छोटो समयमा अकुत सम्पत्ति आर्जन गरेका घिमिरेले ब्रिटिश भर्जिन आयरलयान्डमा समेत सम्पत्ति लुकाएका छन् ।


घिमिरे र व्यापारिक साझेदार पुरुषोत्तम पौड्यालको इको बे नामक कम्पनि खडा गरिएको छ । अन्तर्राष्ट्रिय खोज पत्रकारहरुको संस्था आइसि आइजेले यसअघि नै यस विषयमा खुलाशा गरिसकेको छ ।