काठमाडौं, भदौ ११ । सरकार नेकपाको । नियुक्ति नेकपाकै तर, तिनले बोक्ने मान्छेचाँही कांग्रेसको परे भने के होला ? अर्थमन्त्री युवराज खतिवडाले ८१ वर्ष पुरानो, अर्थात नेपालकै पहिलो नेपाल बैंकमा राष्ट्रबैंकमा ३ वर्ष जागिर खाएका सञ्चालक समितिमा रहिसकेका र नियमनकारी काममा लागिसकेका वासुदेव अधिकारीलाई अध्यक्ष नियुक्त गरे ।
उनी अर्थमन्त्री भन्दा खाँट्टी नेकपा हुन् । उनैले कांग्रेसका हार्डकोर वकिललाई लगेर कानुनी सल्लाहकार बनाईदिए । यो कुरालाई लिएर नेकपासम्वद्ध वकिलहरु रुष्ट छन् । नेपाल बैंकको कानुनी काममा वरिष्ट अधिवक्ता शम्भु थापापनि संलग्न छन् ।
तर उनको भुमिका तलबी मात्रै हो । प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीको भाई परेका कारण अध्यक्ष अधिकारीको अधिवक्ता विद्याकान्त अधिकारीलाई कानुनी सल्लाहकार नियुक्त गरेको आरोप छ ।
जबकि, बार कोषाध्यक्ष रुद्र पोखरेलसहित बालकृष्ण ढकाल, भीमसेन बञ्जरा, केदार कोइराला लगायत नेकपा सम्वद्ध असंख्यक बाणिज्य कानुनका ज्ञाता बेरोजगार भएर बसेका छन् । त्यहाँ लगेका कांग्रेस सम्वद्ध अधिवक्ता विद्याकान्त यसअघि स्ट्याण्डर्ड चार्टर, सनराईज बैंकहरुमा काम गरिसकेका व्यक्ति हुन् । बुधबारको जनआश्था साप्ताहिकमा खबर प्रकाशित छ ।