काठमाडौँ, भदौ ११ । नेपाली चलचित्र क्षेत्रका निकै वरिष्ठ कलाकार सुनिल थापाले अभिनय गरेको हिपहप गीत सार्वजनिक भएको छ । उनले अभिनय गरेको ‘झ्याम पुतली’ बोलको गीतको भिडियोमा उनलाई ‘बोस’ का रूपमा चित्रण गरिएको छ।
गीत साइक्लोनिक अर्थात् विधान रेशमी मगर र नेपालको फास्टेस्ट र्यापरको परिचय बनाएका ‘बुलेट फ्लो’ अर्थात् सुरजविक्रम थापाले तयार पारेका हुन्।
वलिउड चलचित्रमा समेत सकारात्मक छाप छोडेका सुनिल थापाले र्याप म्युजिकमा पहिलो पटक अभिनय गरेका हुन् ।
हेर्नुहोस भिडियो