भद्रगोल किन प्रसारणमा आएन, यस्तो छ कारण !

भद्रगोल किन प्रसारणमा आएन, यस्तो छ कारण !

काठमाडौँ, भदौ ११ । नेपाल टेलिभिजनबाट प्रसारण हुने हास्यव्यंग्य टेलिशृंखला भद्रगोल केही साता यता रोकिएको छ । भद्रगोल उत्पादक कम्पनी र मिडिया हबको सम्झौता यसै बर्षको असार मसान्तदेखि सकिएको हुनाले प्रसारणमा समस्या आएको निर्देशक दिपक आचार्यलेले बताएका छन् ।

विहीबार सामाजिक संजाल फेसबुकमा लेख्दै भद्रगोलका निर्देशक र कलाकार दिपक आचार्यले भद्रगोल प्रसारणमा आउने र नआउनेमा अन्यौल रहेको जानकारी गराएका छन् । विभिन्न अवरोधहरुको बावजुद पनि टेलिसिरियललाई अगाडी बढाइदै आएको र सफलतासमेत मिलेको भएपनि अहिले मिडिया हबसंग थप सहमती नहुँदा कार्यक्रम अन्यौलमा पुगेको हो ।

सम्झौता सक्किएलगत्तै निरन्तर प्रसारणको लागि मिडिया हब संग छलफल र परामर्श गरेको भएतापनी कुनै समाधान निस्कन नसकेको निर्देशक आचार्यले उल्लेख गरेका छन् । उनले भद्र्रगोल नामलाई आफ्नो टिमले अन्य विकल्प क्षेत्रमा प्रयोग गर्न समेत बन्देज लगाइएको बताएका छन् । उनले लेखेका छन्, दुर्भाग्यको कुरो भद्रगोलको नाम, पिडजाईन, लेखन, निर्माण, निर्देशन गर्ने हामी सर्जकहरुसंग नामको अधिकार छैन । एउटा सर्जकले सिर्जना गरेको सम्पुर्ण अधिकार सर्जकमै हुनुपर्छ भनेर हामिले निरन्तर पहल गर्यौ तर अधिकार पाउन सकेनौँ । एउटा सर्जकको हिसाबले सिर्जना गर्ने मान्छेलाई सबैभन्दा प्यारो आफ्नो सिर्जना नै हुन्छ होला ।’

उनले अब भद्रगोल नाम राखेर टेलिसिरियल निर्माण गर्न नसक्ने समेत बताएका छन् । ‘ आजको दिनमा न हामीले भद्रगोल नाम राखेर टेलिसिरियल निर्माण गर्न सक्छौँ न काम गरिरहेको संस्थासँग काम गर्ने वातावरण छ ।’ अब के गर्दा ठिक हुने भन्ने विषयमा उनले दर्शकसंग सुझाव मागेका छन् ।

Trending News