कञ्चनपुरका पत्रकार खेम भण्डारी पक्राउको हल्ला ! के हो वास्तविकता ?

Diyo post  

काठमाडौँ, भदौ १२ । सामाजिक सञ्जालमा एउटा समुहले कञ्चनपुरबाट प्रकाशित हुने दैनिक पत्रिका मानसखण्डका प्रकाशक खेम भण्डारी पक्राउ परेको खबर भाइरल बनाइरहेका छन् । तर २ वर्षअघि असारमा पक्राउ परेका भण्डारी बारेको उक्त समाचार अहिले पोस्ट गरेर एक अनलाईनले उनको चरित्र हत्या नै गरिरहेको पाइएको छ ।

केही दिनअघि नेकपाका अध्यक्ष पुष्पकमल दाहालको विषयमा पनि यस्तै खबर भाइरल बनेको थियो । ३३ दलिय मोर्चाको अध्यक्ष रहेका बखत संविधान जारी हुनुअघि भएको आन्दोलनको भिडियो प्रकाशन गरेर प्रचण्डको दुष्प्रचार गरिएको थियो ।

ब्राइटखबर्स डटकम नामक एक अनलाईन न्यूज पोर्टलले व्यक्तिको चरित्र हत्या गर्न र सर्वसाधारणमाझ भ्रम फैलाउनको लागि भण्डारी पक्राउको समाचार प्रकाशन गरेको छ । ‘पत्रकार खेम भण्डारी पक्राउ शीर्षक लेखेर उक्त अनलाईन पोर्टलले २ बर्षअघिको समाचारलाई पुन प्रकाशन गरेको हो ।

युट्युब देखि फेसबुकसम्म भ्रमको खेति


अनलाईन पोर्टलले समाचारलाई पुन प्रकाशन गरेलगत्तै एक युट्युव च्यानलले समेत भिडियो सार्वजनिक गरेको छ । ट्रुजिना इन्टरटेनमेन्ट नाम गरिएको उक्त युट्युव च्यानलले खेम भण्डारी पक्राउ परेको बताउँदै उनले पेसागत मर्यादा भुलेको र संचारजगत्लाई नै कालो दाग लगाएको सम्म आरोप लगाएको छ ।

अनलाईन र युट्युवमा सार्वजनिक भएको उक्त भिडियोे फेसबुक र ट्वीटरजस्ता सामाजिक संजालमा भाइरल भएका छन् । विशेष गरि रावि लामिछानेका समर्थकहरुले उक्त भिडियो र समाचारलाई भाइरल बनाएका छन् ।

के हो वास्तविकता ?


खेम भण्डारी प्रकाशक रहेको मानसखण्डले २०७४ को असारमा एक समाचार प्रकाशन गरेको थियो । सो समाचारमा बसपार्क क्षेत्रमा होटल व्यवसाय गर्दै आएका दुई युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको उल्लेख भएको थियो । तात्कालिन प्रहरी प्रमुख रहेका एसपी प्रकाश बहादुर चन्दको निर्देशनमा युवतीहरुलाई अपहरण शैलीमा लगिएको भन्दै मानसखण्ड दैनिकमा युवतीहरुको नामसहित प्रकाशन गरेका थिए ।

विस २०७४ साल असारमा जिल्ला प्रहरी कार्यलय कंचनपुरले खेम भण्डारी विरुद्ध जारि गरेको पक्राउ पुर्जी

युवतीको नाम अखवारमा प्रकाशन गरेर व्यक्तिको चरित्र हत्या भएको भन्दै अविभावकहरुले भण्डारी विरुद्ध उजुरी दिएका थिए । सोही उजुरीका आधारमा भण्डारीलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव निरिक्षक महेन्द्र पाण्डेको नेतृत्वमा टोली खटाइएको थियो । उक्त टोलीले उनलाई मानसखण्डको कार्यलयबाटै पक्राउ गरेको थियो ।

रवि लामिछाने प्रकरण


पछिल्लो समय न्यूज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछाने र पत्रकार खेम भण्डारीबिच द्वन्द नै चलिरहेको छ । भण्डारीले रविविरुद्ध प्रेस काउन्सिलमा उजुरी दिएपछि उनिहरुको द्वन्द सतहमै आएको छ । भण्डारीको चरित्र हत्या गर्नमा रवि लामिछानेको समर्थकहरु सामाजिक संजालमा पनि सक्रिय भएर लागेको पाइन्छ ।

ब्राइट्सखबर नाम गरिएको उक्त वेभ साइट भर्खरै मात्र डिजाइन भएको आभास हुन्छ । उक्त साइटमा अन्य कुनै समाचार छैन । सबै भण्डारीको एउटै मात्रै समाचार छ ।

सम्बन्धित खबर