गोपाल चन्द्र राईको ‘रुँदा रुँदै हासेको मन्छे’ (भिडियोसहित)

दियो पोस्ट  

काठमाडौं, ५ भदौ । गोपालचन्द्र राई पेशाले कर्मचारी हुन् । उनी नेपाल आयल निगममा कार्यरत छन् । निगमको आधिकारिक कर्मचारी संगठनको अध्यक्ष समेत रहेका राई गीत समेत लेख्छन् ।

उनीद्वारा लिखित गीत रुँदा रुँदै हाँसेको मान्छे केही दिनअघि सार्वजनिक भएको थियो । वास्तविक जीवनमा समेत विवाहित जोडी जीवन भट्टराई र लक्ष्मी बर्देवाद्वारा अभिनित उक्त भिडियोमा युटुभमा रुचाउन थालिएको छ ।

म्यूजिक भिडियो छायाङ्कन बुद्ध थापाले गरेका हुन् । राईको शब्द रचना, विक्रम राईको संगीत र सागर संसार राईले स्वर दिएको यस गीतले वियोगान्त प्रस्तुत गरेको छ ।

रेडियो नेपालद्धारा आयोजित खुल्ला आधुनिक गीत प्रतियोगिता २०७२ मा दोश्रो भएको रुँदा रुँदै हाँसेको मान्छे बोलको गीतलाई पाँच बर्ष पछि रेकर्डिङ गरिएको थियो ।