सज्जा चौलागाईं बनिन् नेपाल आइडल विजेता, नगद ५० लाख रुपैयाँ दिने घोषणा

दियो पोस्ट  

काठमाडौं, १३ भदौ । नेपाल आइडल सिजन ३ को विजेता सज्जा चौलागाई बनेकी छिन् । उनले नगद ५० लाख रुपैयाँ पाउने भएकी छिन् ।

शुक्रवार भएको ग्रान्ड फिनालेमा प्रवीण बेडुवाल र किरणकुमार भुजेललाई पछि पार्दै सज्जा पहिलो महिला नेपाल आइडल बनेकी हुन् ।

मोरङकी सज्जा हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा बस्दै आइरहेकी छिन् ।
पपशैलीमा गीत गाउने सज्जा बाल्यकाल देखि नै यस्तै गीत गाउँथिन् ।

उनी राजधानीको विभिन्न लाउन्जमा सांगितिक प्रस्तुती दिने गर्थिन् । उनीसँगै फस्ट रनर अफ प्रविण बरुवालले १० लाख रुपैयाँ पाउने भएका छन् भने सेकेन्ड रेनर अफ किरण भुजेलले ५ लाख रुपैयाँ पाउनेछन् ।
अन्नपूर्ण मिडियाका अध्यक्ष रामेश्वर थापाले विजेताहरुलाई नगद पुरस्कारको घोषणा गरेका हुन् ।

सम्बन्धित खबर