गाडी ‘ठगी’मा मुछिएका विनोद चौधरीका भाइ अरुण चौधरीको कम्पनि नै शंकाष्पद !

diyopost.com
दियो पोस्ट  आइतबार, साउन १७, २०७८ | ०:२१:३१

काठमाडौ, १६ साउन । डलर अर्बपति विनोद चौधरीको भाई अरुण चौधरीले नक्कली कम्पनि खडा गरेर नेपालमा गाडी विक्री गर्दै आएको पाइएको छ ।

भारतबाट मारुती सुजुकी गाडीको नेपालमा आधिकारिक विक्री गर्दै आएको अरुण कन्टिनेन्टल ट्रेडर्स अर्थात सिजि मोटोकर्पले गाडी विक्रीमा सर्वसाधरण उपभोक्तालाई चरम ठगी गर्दै आएपनि उन्मुक्ती पाउँदै आएको छ ।

अरुणले सञ्चालन गरेको अरुण इन्टरकन्टिनेन्टलले कम्पनि प्रवन्ध पत्र नियमावालीमा उल्लेखै नगरि गाडी खरिद विक्री गरेको भेटिएको भएपनि कारबाही भने भएको छैन ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले उक्त कम्पनिको प्यान प्रमाणपत्र र कम्पनिको प्रबन्ध पत्र नियमावली नै माग गरेको थियो ।
कम्पनिले विभागलाई बुझाएको विवरणमा ‘गाडी आयात तथा विक्री’ भन्ने वाक्य नै उल्लेख नभएपनि वर्षौंदेखि विभिन्न कम्पनिको गाडी आयात र विक्री गर्दै आएको भेटिएको थियो । अरुण इन्टरकन्टिनेन्टलले प्यान प्रमाणमा उल्लेख नै नभएको गाडी खरिद विक्रीको धन्दा चलाएको पाइएको हो ।
‘स्थायी लेखा नम्बर प्यान दर्ता प्रमाण पत्रमा व्यावसाय तथा कारोबारहरुमा विविध वस्तुको आयात निर्यात भनि स्पष्ट रुपमा उल्लेख भएको र प्राइभेट फर्मले गाडी लगायत अन्य वस्तुहरु गर्न सक्ने भएकाले स्थायी लेखा नम्बर प्यान दर्ता प्रमाण पत्रमा गाडीको आयात निर्यात भन्ने शब्द नखुलाउँदा पनि गाडीको कारोबार गर्न सकिने भन्ने आन्तरिक राजश्व विभागबाट जानकारी प्राप्त भएकाले सोही ब्यहोरा अनुरोध गरिन्छ’ जवाफमा भनिएको छ ।

विभागले कम्पनिसँग विवरण माग गर्दा प्यानको फोटोकपी प्राप्त भएको थियो । जवाफमा ‘प्राइभेट फर्मले’ गाडी खरिद तथा विक्री भन्ने शब्द उल्लेख नगरेपनि गाडी आयात र विक्री गर्न पाइने नाटकीय जवाफ दिएको थियो ।


उक्त कम्पनि माथि छानबीन चलेपछि चौधरीले अहिले सिजि मोटर कर्पको नाममा धन्दा चलाउँदै आएका छन् ।


चौधरी समुहले नेपालमा साना तथा मझौला स्वरोजगार व्यक्तिका लागि सुजुकीको ट्याक्सी विक्री गर्दै आएको छ । ‘हजारौँ ट्याक्सी व्यावसायीमाथि ठगी भएको छ । तर, सरोकारवाला निकाय मौन छन्,’ एक स्वरोजगार ट्याक्सी चालक भन्छन्,‘यो कम्पनिले मनोमानी शुल्क असुलेको छ । तर, पनि वाणिज्य विभागले केही कारबाही गर्दैन ।’

चौधरीका भाई अरुण चौधरी गाडी लगायतको व्यापार गर्छन् ।


भारतबाट मारुती सुजुकी गाडीको नेपालमा आधिकारिक विक्री गर्दै आएको अरुण कन्टिनेन्टल ट्रेडर्स अर्थात सिजि मोटोकर्पले गाडी विक्रीमा सर्वसाधरण उपभोक्तालाई चरम ठगी आरोप यसअघि नै लागेको थियो ।


चौधरीका भाई अरुणले सञ्चालन गरेको कम्पनिलाई कारबाही गर्न महानगरिय प्रहरी परिसर ललितपुरलाई पत्राचार समेत गरेको थियो । तर, शक्तिको आडमा उक्त पत्र चार वर्षदेखि पत्र नै अलपत्र परेको थियो । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले अनुगमनको क्रममा मारुती अल्टो ८०० एसटिडी गाडीमा अरुण इन्टरकन्टिनन्टलले चरम ठगी गरेको फेला पारेको थियो । जसमा ग्राहकलाई विज्ञापन खर्च भनेर ९६ हजार रुपैयाँ अशुली गरेको फेला परेको थियो । त्यस्तै प्रशासनीक खर्च र तलब खर्च गरेर उपभोक्ताबाटै ३६ हजार रुपैयाँ अशुल गरिएको पाइएको थियो । उपभोक्ताबाटै कम्पनिले पेट्रोल, मोबिल, हिटर, फिटिङ र डेलिभिरी जस्ता शिर्षकमा मनोमानी गरेको फेला परेको थियो ।

‘ग्राहकहरु ठगीमा परेको देखिँदा प्रचलित कानुन अनुसार ठगीको मुद्दा दर्ताको लागि पँजिकासहितको सक्कल फाइल यसै पत्र साथ समलग्न राखी पठाइएको व्यहोरा निर्णय अनुसार अनुरोध गरिन्छ,’ विभागले महानगरीय प्रहरी परिसर ललितपुरलाई पठाएको पत्रमा भनिएको थियो ।


विभाग स्रोतका अनुसार पत्र पठाएको चार वर्षसम्म पनि ललितपुर प्रहरीले चौधरी वा उनको कम्पनिलाई छुन समेत सकेन । प्रहरीका हाकिमहरु नै परिवर्तन गर्ने हैसियत भएका चौधरी समुहलाई प्रहरीले पत्र मात्रै दर्ता गरेर कुनै कारबाही नचलाएको विभाग स्रोत बताउँछ ।

सम्बन्धित खबर