काठमाडौँ । हिन्दु नारीहरुको महान चाढ ‘तीज’ निजिकिँदै छ । ‘तीज’ आउनु भन्दा एक महिना अघिदेखि नैँ कलाकारहरुलाई भने ‘तीज’ लागिसकेको छ । यतीबेला कलाकारहरुलाई तीजका गीत र भिडियोहरु सार्वजनिक गर्न भ्याइ नभ्याई छ ।
यसैक्रममा केही दिन अघि मात्रै सार्वजनिक भएको ‘तीज’ गीतको भिडियो ‘लक्ष्मी दराज’ले चर्चा पाउन थालेको छ । गायक तिलक ओली र गायिका टिका सानुको आवाजमा रहेको यो गीतको भिडियो सार्वजनिक भएको केही दिनमै चार्चाको शिखरमा पुग्न सफल भएको हो ।
मौलिक शब्द, लय र सुमधुर स्वर रहेका कारण पनि यो गीत सबैको रोजाईमा पर्न सफल भएको गायक तिलक ओलीले बताए । आफ्नै लय, शब्द रहेको यो गीतमा गायक तिलक ओलीकै संगीत रहेको छ ।
उक्त गीतको म्युजिक भियडयोमा प्रवेश सिंह र गीता ढुंगानाको अभिनय रहेको छ । भिडियोमा यी दुबैको अभिनय र नृत्यलाई खुबै रुचाइएको छ । उक्त गीतको भिडियोको निर्देशन अशोक बिकले गरेको हुन भने मिलन बिश्वकर्माले सम्पादन गरेका हुन् । भिडियोको छायाकन प्रकाश खड्काको रहेको छ । त्यस्तै, गीत तथा म्युजिक भिडियोको निर्माता सुसन बिक हुन ।
भिडियो हेर्नुस्