परदेशी भुमीबाटै पदम भुलले सार्वजनिक गरे ‘महामारी दशा’, छोटो समयमै चर्चा बटुल्न सफल !

diyopost.com
दियो पोस्ट  मंगलबार, साउन १९, २०७८ | २०:१०:१३

काठमाडौं । गायक तथा समाजसेवी पदम भुलको ‘महामारी दशा’ बोलको देउडा गितले सार्वजनिक भएको केही समयमै चर्चा बटुल्न सफल भएकोे छ । भुलले परदेशमा रहेका नेपालीको पीडालाई गीतमार्फत उजागर गरेका छन् । कोरोनाका कारण परदेशीको जीवन कष्टकर बनेको विषयलाई गीतमार्फत ब्यक्त गर्न खोजिएको छ ।

गायक पदम भुल रोजगारीको शिलशिलामा लामो समयदेखि भारतको मुम्बइमा बस्दै आएका छन् । नेपालमा रहेको गरिवी र बेरोजगाीका कारणले परदेशीपर्ने नेपालीको बाध्यता, कोरोना महामारीले परदेशमा नेपालीले भोगेको दुःख, पीडा र महामारीमा नेपाल फर्किदा झेल्नुपरेका समस्यालाई गीतमा समेटिएको छ । उनले प्रवासमा रहेर सामाजिक क्षेत्रमा काम गर्दै आएका छन् ।

चर्चित गायिका टिका पुन र सुरजमान जैगडीको स्वर रहेको उक्त गीतमा पदम भुलकै शब्द रहेको छ । गीतमा सुरजमान जैगड़ीले संगित भरेका छन् भने भुवन बडुले एरेन्ज गरेका हुन् ।

गितमा पदम भुल, खुस्बु भट्टराई, डम्बर रावल, भरत रावल, चुम्बकराज रेग्मी, ललित भुल, रुपेश भुल, हस्तबहादुर भुल, भुपेन्द्र भुल, भिम भुल, मथुरा भुल, बिन्द्रा भुल, खिना भुल तथा बाल कलाकार आयुश भुल र आयुशा भुलले अभिनय गरेका छन् ।

भिडियो हेर्नुस्

सम्बन्धित खबर