रोहित मेरो प्रेमी हुन् भन्ने समाचार झुटा हुन्, यसकै कारणले मैले घरमा धेरै गाली खाएँः त्रिशला गुरुङ

diyopost.com
दियो पोस्ट  सोमबार, भाद्र २०, २०७९ | १६:४६:२७

काठमाडैं । गायिका डा. त्रिशला गुरुङले आफ्नोबारे आएका अफेयरका समाचारहरु झुटो भएको दाबी गरेकी छन् । त्रिशलाले आइतबार प्रेमील स्टाट्ससहित आफ्नो र रोहित शााक्यको जोडी फोटो सामाजिक सञ्जालमा पोष्ट गरेकी थिइन् ।

पोष्ट भएको केही समयदेखि नै उनले प्रेमी सार्वजनिक गरेको भन्दै समाचार बन्न थाले । सोमबार राजधानीमा आयोजित एक पत्रकार सम्मेलनमा उनले यसबारे स्पष्टिकरण दिएकी छन् ।

उनी भन्छिन्, ‘यो सब जे पायो त्यहीँ समाचार हो । रोहित मेरो प्रेमी होइनन् । पोष्ट मलोनको ‘अ ह्यापियर सङ्ग’ बोलको गीत त प्राय सबैले सुन्नु नै भएको होला । फ्रेन्डसीपवाला गीत हो त्यो । एउटा शो थियो त्यसैले मिल्ने साथीको नाताले फोटो खिचेर पोष्ट गरेको हुँ । मैले मेरो स्टाटसमा सोही गीतको लिरिक्स लेखेको हो । तर सबैले रिलेसनसिपको समाचार बनाइदिनुभयो । प्रेमसम्बन्ध भन्ने नाम दिनुभयो । यही समाचारको कारणले मैले घरमा धेरै गाली खाएँ । गाली खाएकाले गर्दा अहिलेको कार्यक्रममा समेत म ढिला आइपुगेको छु ।’

नाम चलेका विभिन्न मिडियाहरुले उनले प्रेमी सार्वजनिक गरेको भन्दै साथीको सम्बन्धलाई प्रेमको नाम दिएका थिए ।

सम्बन्धित खबर