काठमाडौं । २५ बर्षीय ऐश्वर्या श्रेष्ठले मिस ग्रान्ड नेपाल २०२२ को उपाधि जितेकी छिन् । मिस ग्रान्ड इन्टरनेशनलको दशौं संस्करणमा नेपालको प्रतिनिधित्व गर्ने छिन् । वर्षा भडारी र रक्षा उप्रेती क्रमशः पहिलो र दोस्रो रनरअप भए ।
कार्यक्रममा अभिनेतारमोडल अनुप विक्रम शाही, र्यापर आशिष राना (लाउरे), मिस नेपाल अर्थ २०१८ प्रिया सिग्देल, छिरिङ वाङ्दी, सुरेश तामाङ र निशु झा निर्णायक थिए । कार्यक्रमको कोरियोग्राफी सुजित बस्यालले गरेका थिए । मिस ग्राण्ड नेपालको मुख्य विषय युद्ध र हिंसा रोकिने छ ।
अन्तर्राष्ट्रिय प्रतियोगिताले विश्वभर शान्ति निर्माण र युद्ध र हिंसाको अन्त्यका लागि वकालत गर्ने आश्वासन दिन्छ। त्यसैगरी मिस पपुलर तन्नु शाक्यले, मिस पर्सनालिटी वर्षा भण्डारी, मिस बेस्ट इन स्विमसुट वर्षा भण्डारी, मिस कन्फिडेन्स समना कार्की, मिस फोटोजेनिक स्वस्तिका मगर र मिस कन्जेनियालिटी सुदेष्णा महर्जनले जितेका छन् ।
कार्यक्रम लाजिम्पाटको शंकर होटलमा आयोजना गरिएको थियो । कार्यक्रमको संचालन पूर्व मिस ग्रान्ड उरुषा जोशीले गरेकी थिइन् ।