काठमाडौं । शनिबारर बिहान यमबुद्ध फाउन्डेशनको आयोजनामा चर्चित र्याप ब्याटल तथा गायक स्व.यमबुद्ध (अनिल अधिकारी) को सम्झनामा काठमाडौंमा “यमबुद्ध शान्ति दौड (र्याली)” कार्यक्रम हुने भएको छ ।
उक्त कायक्रम काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको प्रमुख आतिथ्यमा आयोजनामा हुन लागेको हो । ‘यमबुद्ध शान्ति दौड’का लागि शनिबार बिहान ६ बजे नयाँ बानेश्वरमा युवा विद्यार्थी एवं संगीतप्रेमीहरुको जमघट रहने छ ।
नयाँ बानेश्वरबाट पुरानो बानेश्वर, मैतीदेवी, पुतलीसडक, माइतीघर, बबरमहल हुँदै शान्ति दौड पुनः नयाँ बानेश्वरमै आएर समारोहमा परिणत हुने फाउन्डेसनले जनाएको छ ।
फाउन्डेसनका अनुसार शान्ति दौडमा मेयर बालेन्द्रसहित खेलकूद तथा सांगीतिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहने छ । सहभागीहरुले र्यापर यमबुद्धको तस्बिर अंकित टि–शर्ट लगाउनेछन् ।