‘उठौ हामी सबै’ मार्फत राजकुमार हिङमाङको सांगितिक क्षेत्रमा उदय

diyopost.com
दियो पोस्ट  सोमबार, आश्विन ०३, २०७९ | ११:१०:२६

काठमाडौं । वैज्ञानिक सामाजवादी कम्युष्टि पार्टी, नेपालका सचिवालय सदस्य एवम् जात व्यवस्था उन्मुलन मोर्चाका संयोजक राजकुमार हिङमाङ सांगितिक क्षेत्रमा उदाएका छन् । पहिलो पटक ‘उठौ हामी सबै’ बोलको प्रगतिशिल गीत सार्वजनिक गर्दै उनले सांगितिक क्षेत्रमा पनि आफ्नो पहिचान बनाउन सफल भएका हुन् ।

थाहायात्रा युट्युव च्यानलमार्फत शुक्रबार साँझ सार्वजनिक भएको उक्त गीतमा हिङमाङ शब्द, संगीत र गायन रहेको छ । गीतमा पार्वती राई, शिवसँगम राई, मेनुका राईको समेत आवाज सुन्न सकिन्छ ।

गीतले वैज्ञानिक समाजवादी क्रान्ति यात्रामा सहभागी हुन महिलादेखि युवा–विद्यार्थी, मजदुर–किसान, दलित–जनजाती सबैलाई आव्हान गरेको छ । गीतले अन्याय, अत्याचार र बेथितीका बिरुद्ध सबै एकजुट भएर अगाडि बढे मात्र सफलता हासिल गर्न सकिन्छ भन्ने संदेश दिन खोजेको पाइन्छ ।

संसारभरिका सबै श्रमजीवीहरुको आफ्नै व्यवस्था वैज्ञानिक समाजवादी व्यवस्था निर्माण भए मात्र मुक्ति संम्भव हुने र त्यसका लागि एकजुट हुनुपर्नेमा गीतले जोड दिएको छ ।

त्रिताल स्टुडियो काठमाडौंले उत्पादन गरेको गीतमा शिवसङ्गम राइले संगीत संयोजन गरेका हुन् भने गीतको एरेन्ज सुन्दर लामाले गरेका हुन् ।

सम्बन्धित खबर