
काठमाडौं । जेन जीको आन्दोलनमा समर्थन गरिरहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निवासमा समेत तोडफोड शुरु भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जेन जीमाथि भएको दमन र हत्याको विरोध गर्दै आएका छन् । उनै प्रचण्डको निवासमा जेन जीको नाममा तोडफोड भएको हो ।