काठमाडौं । जेनजी आन्दोलनको क्रममा प्रदर्शनकारीका तर्फबाट ५९ जनाको निधन भएको छ । मुख्यसचिव एकनारायाण अर्यालले आज प्रधानमन्त्री सुशिला कार्कीको पदभार ग्रहणको क्रममा यस्तो बताएका हुन् । उनका अनुसार प्रहरीका कैदी बन्दीका तर्फबाट १० जना र प्रहरी कर्मचारीको पनि ३ जना गरि हालसम्म ७२ जनाको निधन भएको छ ।
सरकारले प्रति परिवार १० लाख रुपैयाँ दिने निर्णय गरेको मुख्यसचिव अर्यालले जानकारी दिए । त्यस्तै १ सय ३४ जना प्रदर्शनकारीसहित प्रहरी कर्मचारी ५७ जना १९१ जना घाइतेको उपचार भइरहेको छ ।
घाइतेको निशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरिएको छ । मृतकलाई शहिद घोषणा गर्ने र १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भएको छ ।