
काठमाडौं । गत भदौ २३ गतेअघि सामाजिक संजाल टिकटक र डिस्कर्ड लगायतमा नेपाली युवाहरुले ‘नेपोवेवी’ अभियान चलाएका थिए । भ्रष्ट्राचारले समाज ग्रसित भएको भन्दै नेताका छोराछोरीले गरेको विलाशी जिवनमाथि युवाहरुले प्रहार गरेका थिए । सेप्टेम्बर ८ अर्थात भदौ २३ गते तत्कालिन प्रधानमन्त्री केपी ओली सरकारसहित दलीय नेताहरुले गरेको भ्रष्टाचार विरुद्ध खरो आन्दोलन शुरु गरेका थिए । तर, दुर्भाग्य सोही दिन तत्कालिन सरकारको आदेशमा चलेको गोलीबाट १९ जनाको युवाको निधन भयो । हालसम्म ७० जना प्रदर्शनकारी निधन भइसकेको छ ।
सरकारले असोज १ गते राष्ट्रिय शोक मनाउने घोषणा गरेको थियो । मृतकहरुको शोक अवधि समेत नसकिँदै केही भ्रष्ट र अपराधमा संलग्नहरु जेनजी युवाहरुको आन्दोलन र मर्ममाथि नै बद्नाम हुने गरी गृहमन्त्रालय धाउन थालेका छन् । जेनजी समुहको नेतृत्व हुँ भन्दै नेपाल प्रहरीका पूर्व प्रहरी नायब उपरिक्षक (डिएसपी) गोविन्द पन्थी सिंहदरबार पुगेर गृहमन्त्रीलाई भेटेका छन् । गृहमन्त्रीलाई उनीसहितको समुहले जेनजी समुहलाई सरकारमा ५० प्रतिशत हिस्सा दिन माग गरेका छन् । सीडिओ देखि भन्सार कार्यालयसम्म ५० प्रतिशत हिस्सा दिनुपर्ने उनको समुहको माग छ । उनको समुहमा एमाले निकट अखिल नेपाल विद्यार्थी संगठन अनेरास्ववियुकी पूर्व नेतृ जस्मिन ओझा र तत्कालिन खानेपानी मन्त्री बिना मगरको किर्ते हस्ताक्षर अभियोगमा पक्राउ परेका सञ्जिव कुमार दाहाल समेत छन् ।

पूर्वडिएसपी पन्ती पदमा रहँदा विभिन्न समयमा भ्रष्टाचार गरि अकुत रकम कमाएका बद्नाम पात्र हुन् । उनी जहाँ जहाँ नेतृत्व गरेर पुगेका थिए त्यहाँ उनी विवादमा आएका थिए । २०७४ सालमा उनी महानगरीय प्रहरी प्रभाग पुल्चोकमा प्रमुख भएर पुगेका थिए । त्यतिबेला उनले फिरौती धन्दा नै चलाएका थिए । दियोपोस्टलाई प्राप्त एउटा स्टेटमेन्टमा उनले ८ अर्बभन्दा बढी ठगी अभियोगमा फरार रहेका एक सहकारी संचालकसँग उनले ५ लाख रुपैयाँ लिएको देखिन्छ । सन् २०१७ जुन २५ मा उनको नाममा ५ लाख रुपैयाँ सहकारीबाट ठगी भएको रकम गएको देखिन्छ ।
उनलाई प्रहरी आचरण विपरित लेनदेन गरेको भन्दै तत्कालिन प्रहरी हेडक्वार्टरले कराबाही स्वरुप तानेको थियो । उनलाई निलम्बनको समेत तयारी गरेको थियो । तर, शक्तिको आडमा उनले उन्मुक्ति पाउँदै आएका छन् । विशेष ब्युरोमा कार्यरत रहँदा विभिन्न व्यापारीलाई धम्काएर उनले पैसा असुलेको आरोप छ । प्रहरीको डिएसपीबाट अवकास भएपछि उनी अहिले वकालत पेशामा छन् ।

भदौ २३ गते जेनजी आन्दोलनका क्रममा सरकारले नृशंश पुर्वक युवाहरुको हत्या गरेको शोक नसकिँदै पन्थीले आफूलाई जेनजी युवाले श्रम मन्त्रीमा प्रस्ताव गरेको भन्दै विभिन्न मिडियामा प्रचार गराएका थिए । श्रममन्त्रीमा गोविन्द पन्थी भन्दै आफू निकट पत्रकार मार्फत दुष्प्रचार गराएका पन्थी किर्तेका अभियुुक्तलाई नक्कली जेनजी बनाएर सिंहदरबार प्रवेश गरेका हुन् । उनीहरुको समुह नै नक्कली जेनजी भन्ने थाहा भएपछि अहिले गृहमन्त्रालयमा भेटघाटलाई समेत टाइट बनाइएको छ । ‘शुरुमा सक्कली जेनजी भन्ने लागेपछि गृहमन्त्रीले पनि समय दिनु भयो । तर, हामी सुरक्षा निकायकै मान्छेले चिनेको पूर्वडिएसपी सापको जेनजी बनेर आउनु भएको देखेपछि हामीले गृहमन्त्रीलाई उहाँहरुको वास्तविकता बतायौँ,’ गृहका ती अधिकारीले दियोपोस्टसँग भने ।

तत्कालिन उपत्यका प्रहरी कार्यालयले पन्थीलाई प्रहरीको आन्तरिक हिरासतमा राखेरै अनुसन्धान गरेको थियो । उनले होटल व्यावसायीसँग रेट नै तोकेर पैसा उठाउने गरेको उजुरी परेपछि उनलाई थुनामै राखेर अनुसन्धान भएको थियो । तर, उनले डिआइजी मनाेज न्यौपानेको बद्नाम गर्दै आफूलाई बिनाकारण थुनेको आरोप लगाएका थिए ।