जेनजी समुहबाट उजुरी परेपछि पूर्वमन्त्री दिपक खड्का विरुद्ध आक्रमक बन्यो अख्तियार

दियोपोस्ट संवाददाता

काठमाडौँ । पूर्व उर्जा, सिंचाई तथा जलस्रोत मन्त्री दिपक खड्का विरुद्ध जेनजी समुहको तर्फबाट उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धानलाई तिब्रता दिएको छ ।

असोज ४ गते खड्काले पदमा रहँदा अकुत भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । विशेषगरी जागदुल्ला जलविद्युत परियोजना निर्माण ठेक्कामा चेक लेनदेन गरेको प्रमाणमा अख्तियारले अनुसन्धान गर्दैछ । जेनजी आन्दोलनपछि बनेको सुशिला कार्की नेतृत्वको सरकारले निर्देशन समेत दिएपछि उनीमाथि छानबीन अघि बढेको हो ।

अख्तियारले खड्कामाथि लागेको आरोपसँग सम्बन्धित प्रमाण समेत फेला पारेको छ । उक्त प्रमाणलाई प्रहरीको विधि विज्ञान प्रयोगशालामा समेत पठाइएको छ । जेनजी समुहले भ्रष्टाचार गरेका खड्कालाई अख्तियारले नै संरक्षण गरेको भन्दै उजुरी दिएको थियो ।

खड्काले लेनदेन गरेको चेकलाई नै प्रमाणको रुपमा अनुसन्धान भइरहेको स्रोतको भनाई छ ।

सम्बन्धित खबर