दियोपोस्ट संवाददाता
काठमाडौं, १६ भदौ । तीजकै दिन देशभर झिलिमिली छ तर, ललितपुरको धापाखेलमा रहेको सिभिल होम्समा भने अन्धकार छ ।
सिभिल होम्सका साहु इच्छाराज तामाङले हाउजिङमा बस्नेहरुबाट पैसा उठाएपनि बिजुलीको पैसा भने नतिरिदिएपछि नेपाल विद्युत प्राधिकरणले विजुलीको लाइन नै काटिदिएको हो ।
विजुलीको लाइन काटिएपछि उक्त हाउजिङमा बस्ने दर्जनौँ व्यक्तिको विचल्ली भएको छ ।
सिभिल होम्सको चौथो फेज धापाखेलको लाइन काटिएपछि आवास निवासी, विद्युत प्राधिकरण र प्रेजेक्ट म्यानेजर बीच त्रिपक्षीय सम्झौता भएको छ । उनीहरुबीच ३ बुँदे सम्झौता भएको हो ।
सम्झौतामा उल्लेख भए अनुसार आज दिनको ४ बजे लाइन काटिएको थियो । प्राधिकरणका कर्मचारीले एक्कासी विद्युतको लाइन काटेपछि पैसा नतिरेसम्मका लागि बन्द गरिएको छ ।
कम्पनिले यथासिघ्र विजुलीको बिल भुक्तानी गरेपछि लाइन जोड्ने सहमति भएको छ । आगामी दिनमा विजुलीको बिल नतिरेको कारण विद्युत बन्द नहुने सहमति समेत भएको छ ।
सम्झौतामा परियोजना इन्चार्ज सुमन बैद्य, प्रशासक कृष्ण गोपाल ताम्राकार र सिभिल होम्स आवास समाज धापाखेलका अध्यक्ष कृष्ण बहादुर श्रेष्ठको हस्ताक्षर रहेको छ ।