मलेखु स्थित राजमार्ग अस्पताल विवादमा: राजेन्द्र पाण्डे र गाउँपालिका अध्यक्ष हरि डल्लाकोटीको भिडन्त !

दियो पोस्ट  

दियोपोस्ट संवाददाता


धादिङ, १९ भदौ । धादिङको बेनीघाट रोराङ –३, मलेखु वजार स्थित राजमार्ग सामुदायिक अस्पताल नेकपाका एक नेताका कारण विवादमा तानिएको छ । नेकपाका स्वास्थ्य विभागका संयोजक, पूर्व मन्त्री तथा धादिङका प्रदेश सांसद राजेन्द्र पाण्डेका कारण अस्पताल विवादमा तानीएको हो ।


पाण्डेले एक व्यक्तिलाई व्यक्तिगत करारनामा गरेर नै सामुदायीक अस्पताल सञ्चालन गर्न ठेक्का दिएको पाइएको छ । बेनिघाट रोराङ गाउँपालिकाले ट्रमा सेटरको शाखाको रुपमा विकास गर्न चाहेको भएतापनि पाण्डेले सम्झौता गरेर एक व्यक्तिलाई दिएका कारण विवाद बढेको छ । दुर्घटनालाई लक्षित गरि ट्रमा सेन्टरकै शाखाका रुपमा रुपान्तरण गुर्नु पर्ने प्रस्ताव गाउँपालिकाले गरेको छ । पाण्डेले भक्तपुर जिल्ला चा“गुनारायण १७ निवासी केशवकुमार माकजु लाई १५ वर्षका लागी ठेक्कामा दिएको पाइएको छ । पाण्डेको बेवास्ताका कारण अस्पताल यतिबेला बन्द हुने अवस्थामा पुगेको छ ।


उक्त सामुदायिक अस्पतालका संचालक समितीका अध्यक्ष पनि पाण्डे नै हुन् । पाण्डेयले उक्त अस्पताल संचालन गर्न २०७३ वैशाख ८ गते १५ वर्षीय ठेक्का दिएका थिए । ठेकेदार मकाजुले अस्पतालको आम्दानी को २० प्रतिशत रकम अस्पताल विकास कोषमा जम्मा गर्नु पर्ने शर्त रहे पनि जम्मा भएको छैन ।


उक्त ठेक्कामा दिएको शर्त अनुसार हरेक वर्ष लेखापरिक्षण गर्नुपर्ने, कर्मचारीको तलवभत्ता व्यहोर्नु पर्ने शर्त भए पनि लेखा परिक्षण नभै विगत आर्थिक वर्षदेखि अस्पताल नविकरण समेत भएको छैन ।

अस्पतालले खरिद गरेको कित्ता नं २३५ को १५ आना ३ पैसा र उक्त कित्तासँग जोडिएको थप ३ रोपनी सार्वजनिक जग्गामा उक्त भवन निर्माण गरिएको अनुसन्धानबाट पत्ता लागेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । सामुदायिक अस्पताल विनाकुनै प्रतिस्पर्धा र अनुमति व्यक्तिलाई सिधै ठेक्कामा दिन नमिल्ने निमित्त जनस्वास्थ्य प्रमुख विष्णु रिजालले बताए ।


पृथ्वी राजमार्गमा भैरहने दुर्घटनालाई उपचार गर्ने उदेश्यका साथ उक्त अस्पताल भवन निर्माण गर्न ईटालीका फोटो पत्रकार स्वर्गीय रिनातो आन्दोर्नोको संझनामा परिवारजनवाट संकलित रकमले थप्लिनी वगैचामा निर्माण भएको थियो । उक्त अस्पताल निर्माण भए पश्चात हेटौंडा स्थित मध्यमान्चल स्वास्थ्य सेवा निर्देशनालयले १५ शैयाको अस्पताल संचालन गर्न २०६२ चैत २ गते स्वीकृत दिएपछि संचालनमा थियो ।


निर्माण गर्न स्थानीय दुर्घटना पिडित उद्धार संघ, धादिंङ र नेपालका साथीहरु नामक संस्थाले सघाएका थिए । विरामीहरुबाट वर्षेनी ७ लाख मात्रै आम्दानी हुने यस अस्पतालले २०७३ अघिका ८ जना कर्मचारी लाई वर्षौ सम्म तलब सुविधा दिन नसकेपछि जागीर छोडेर गएका थिए ।


जिल्ला स्वास्थ्य कार्यालय धादिङले २०७४ चैत २७ गते अस्पताल संचालन गर्ने म्याद थप्दै अस्पतालहरुको स्तरोन्नती मापदण्ड संबन्धी निर्देशिकामा उल्लेख ८ वटा शर्त सहित २०७५ असार २९ गते सम्मका लागि मात्रै अनुमती दिएको थियो । मापदण्ड अनुसार शर्तहरु पालना नगरेको भन्दै उक्त अस्पताल नविकरण भएको छैन ।


१५ आनामा मात्रै अस्पताल बनाएर थप ३ रोपनी सार्वजनिक जग्गा मिचेर अस्पताल जाने सडक समेत व्यक्तिको नाममा लालपुर्जा रहेपछि उक्त सडक रोक्न बारम्बार प्रयास भएकोछ ।
अस्पतालले सार्वजनिक जग्गा मिचेको र स्थानीय सरकारलाई हस्तान्तरणको साटो सामुदायिक अस्पताल संचालन गर्न व्यक्तिलाई ठेक्कामा दिएको उपर उजुरी परेपछि गत असार ८ गते प्रधानमन्त्री कार्यालय, अख्तियार र मन्त्रालयका रामहरि लामिछानेको नेतृत्वमा छानविन टोली आएको थियो । छानविन टोलीलाई स्थानीय बासिन्दाहरुले अस्पताल स्थानीय तहलाई हस्तातरण गरि स्तरोन्नतीमा जोड दिनुपर्ने दबाव दिएका थिए ।


अस्पतालका अध्यक्ष समेत रहेका प्रदेश सभा सदस्य राजेन्द्रप्रसाद पाण्डेयले पनि गत जेठ २ गते जिल्ला स्वास्थ्य कार्यालयलाई अस्पतालबारे विवरण दिदैं राजमार्गमा धेरै दुर्घटना भैरहने भएकोले दुर्घटना पिडितहरुलाई अक्सीजन र रक्तश्राव रोक्न तत्काल प्राथमिक उपचार गर्न पर्ने भएकोले प्रदेश सरकार वा जिल्ला स्वास्थ्य कार्यालयले नै जिम्मेवारी लिएर संचालन गर्नु पर्ने लिखित प्रस्ताव पेश गरेका छन् ।


वेनीघाट रोरा¨का अध्यक्ष हरि डल्लाकोटीले सामुदायिक अस्पताल स्थानीय तहलाई हस्तातरण भए स्तरोन्नतको लागी लगानी गरि दुर्घटना लक्षित गरि राजधानीको ट्रमा सेन्टरसँग सहकार्य गरि स्तरोन्नती समेत गरिने लक्ष्य रहेको बताए ।


अस्पताल स्थानीय तहलेनै जिम्मेवारी लिने कि नीजी ठेकेदारले संचालन गर्ने विवादमा अस्पताल व्यवस्थापन झनै कमजोर हुदैं गएकोछ ।

TATA ADD