नेकपा धादिङको १३ वटै स्थानीय तहमा महिला नेतृत्व शून्य (सूचीसहित)

Diyo post  

धादिङ, भदौ २२ । शनिबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धादिङले १३ वटै स्थानीय तहको नेतृत्व टुँग्यायो ।

सबै स्थानीय तहको नेतृत्व चयनमा खासै विवाद देखिएन । तत्कालिन नेकपा एमालेको भागमा ८ र तत्कालिन माओवादी केन्द्रको भागमा ५ पालिकाको बाँडफाड गरेर नेकपा धादिङले नेतृत्व टुँगो लगाएको हो ।

तर, समावेशि सिद्धान्तलाई काखी च्यापेर हिड्ने सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले धादिङको नेतृत्व चयनमा भने आफ्नै नारालाई पुरा गर्न सकेन ।

महिला सहभागिताको विषय उठाएर लामो समय संघर्ष गरेको पूर्व माओवादी र ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्नुपर्छ भनेर हिड्ने पूर्व एमाले दुबैले पार्टी एकता गर्दा महिला सहभागितालाई प्राथमिकता दिन नसकेको हो ।

सबै स्थानीय तहमा महिला नेतृत्व शून्य छ ।
यस्तै नेकपा धादिङकको कार्यवाहक अध्यक्षमा नेत्रराज पौडेल र कार्यवाहक सचिवमा विजय बुर्लाकोटी चयन भएका छन् । जिल्ला कार्यसमितिमा पनि नेकपाले महिलालाई नेतृत्वमा ल्याउन सकेन ।

पार्टीका जिल्ला अध्यक्ष भुमि त्रिपाठीको अध्यक्षतामा बसेको दोस्रो पूर्ण बैठकमा पार्टी अध्यक्ष त्रिपाठीले राखेको विशेष प्रस्ताव सर्वसम्मतीले पारित गर्दै नेता द्वयलाई कार्यवाहक जिम्मेवारी प्रदान गरिएको हो ।

यो जिम्मेवारीमा पनि अध्यक्ष त्रिपाठी महिला सहभागिता सुनिश्चित गर्न चुकेका हुन् ।


हेर्नुहोस कसले कहाँ कुन जिम्मेवारी पाए ?
रूबिभ्यली अध्यक्ष : रामसिह तामाङ
सचिब : पुरन तामाङ

खनियाबास अध्यक्ष : फुरबहादुर तामाङ
सचिब : लाल बहादुर तामाङ

नेत्रावति दबजोङ अध्यक्ष : प्रेम तामाङ
सचिब : सुबर्ण रिमाल

गगा जमुना अध्यक्ष : बिष्णु सिम्खडा
सचिब : रामेश्वर सिम्खडा

त्रिपुरासुन्दरी अध्यक्ष : रामहरी अधिकारी
सचिब : सुवास अधिकारी

ज्वालामुखी अध्यक्ष : धर्म बहादुर अर्याल
सचिब : कृष्णमान श्रेष्ठ

निलकण्ठ नपा अध्यक्ष : दिपक बि क
सचिब : हरी श्रेष्ठ

शिद्दलेक अध्यक्ष : खुन बहादुर थापा
सचिब : पुष्प थपलिया

बेनिघाट रोराङ अध्यक्ष : कृष्ण थपलिया बिबेक
सचिब : रमेश भट्टराई

गजुरी अध्यक्ष : सुर्य बहादुर दोङ तामाङ
सचिब : माधब भण्डारी

गल्छि अध्यक्ष : केदार खतिवडा
सचिब : राम शरण सेञ्चुरी

थाक्रे अध्यक्ष : कृष्ण पन्त
सचिब : यन्त्र बहादुर थापा जिन्दगी

धुनिबेशी नपा अध्यक्ष : रामराजा पान्डे
सचिब : राज कुमार पाठक ।

सम्बन्धित खबर