विष्णु विश्वकर्मा
यतिबेला सामाजिक संजालदेखि सबैतिर संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईमाथि नेपालगञ्ज विमानस्थलमा दुव्र्यवहार भएको विषयले निक्कै प्राथमिकता पाएको छ ।
छाडा चौपायका कारण ढिला भएसँगै निर्धारित समयभन्दा १५ मिनेट ढिलो भएको भनेर मन्त्री भट्टराई र विमानस्थल कार्यलयको तर्क बाहिर आईरहँदा आफूलाई भ्रष्टाचार विरोधी अभियान्ता मान्ने ज्ञानेन्द्र शाही समूहले भने मन्त्री भट्टराई १ घण्टा ढिलो गरी आएको बताउछ ।
विमान १ घण्टासम्म पनि नउडेको भन्दै ज्ञानेन्द्र शाही लगायत व्यक्तिहरुले मन्त्री भट्टराईमाथ आक्रमणको प्रयास गरेको उनकै फेसबुकमा पोष्ट भएको भिडियोमा स्पष्ट देख्न सकिन्छ । पर्यटनमन्त्री भट्टराईकै कारण एक घण्टा विमान होल्ड गरिएको भन्दै मन्त्रीमाथि अभद्र व्यवहार भएको दृश्य भिडियोमा स्पष्ट छ ।
मन्त्रीमाथि जाइलाग्ने व्यक्ति थिए–‘ज्ञानबहादुर शाही’ उर्फ ज्ञानेन्द्र शाही । आफूलार्ई भ्रष्टाचार विरोधी अभियन्ता भनेर चिनाउने ज्ञानेन्द्रले शनिबार साँझ नै आफ्नो फेसबुकमा भिडियो पोस्ट गर्दै पर्यटनमन्त्री योगेश भट्टराईलाई ‘रामधुलाई गरिएको’ भनेर स्टाटस समेत पोष्ट गरे ।
पहिले हेरौँ, हिजो बेलुका शाहीले के भनेर स्टाटस लेखेका थिए ।
उनले एउटै स्टाटस पटक पटक ईडिट गरेका छन् । त्यसपछि उनले केही शब्द थप्दै यस्तो लेखेका छन् ।
त्यहाँ ज्ञानेन्द्र शाही लगायतका व्यक्तिले मन्त्री भट्टराईलाई गाली गरेका छन् । तर मन्त्री भने केही नबोली चुपचाप बसिरहेका छन् । उनीसँगै रहेका सुरक्षाकर्मीले चाहेका भए अभद्र व्याबहार गर्नेमाथि गोली चलाउन सक्थे ।
भिआइपीको सुरक्षामा रहने नेपाली सेनालाई भिआइपी माथि कुनै सुरक्षा खतरा भए गोली चलाउने आदेश नै हुन्छ । त्यही भएर नै नेपाली सेनाको ‘जमदार’ नै मन्त्रीको सुरक्षामा रहन्छन् । तर, मन्त्रीसँगै रहेका सैनिक चुपचाप बसिरहेका थिए । मन्त्री स्वयं पनि निकै सहनसिल देखिन्थे ।
त्यसको केही समयपछि तिनै ज्ञानेन्द्र शाहीले पहिलेको स्टाटसलाई इडिट गर्दै पुरानो स्टाटसको ठाउँमा ‘वैचारिक’ भन्ने शब्द थप्छन् । अनि भयो मन्त्रीमाथि ‘वैचारिक रामधुलाई ।’
जब कि उनको पहिलो स्टाटस र भिडियो भाइरल भइसकेको थियो । सायद पछि शाहीको भाषाको अल्पज्ञानको ‘बिर्को खुल्यो’ क्यारे, उनले पछि त्यसलाई ‘वैचारिक रामधुलाई’ भनेर लेखे ।
इडिट गरेपछिको अर्को स्टाटस पनि हेरौँ :
विमानभित्रै मन्त्री भट्टराईलाई अर्का एकजना व्यक्तिले भनेका छन्, ‘बुद्धिमा अलिकति बिर्को आओस् ।’ बुद्धिमा बिर्को आउने भनेको के हो, त्यो बुझिँदैन । सायद उनले बुद्धिमा लागेको बिर्को खोल्नुस् भन्न खोजेका होलान् ।
फेरी अर्का एकजना व्यक्ति थप्छन्, ‘पञ्चायतमा पनि यस्तो हुँदैनथ्यो ?’ पञ्चायतकालको अवस्था सायद ‘धेरै भोगेका’ ज्ञानेन्द्र शाही जस्ता व्यक्तिलाई थाह हुनै पर्ने हो ।
त्यसैगरी भिडियोमा एकजना व्यक्तिले बालेका अर्को वाक्य हो, ‘संस्कृति मन्त्री हुनुहुन्छ तर संस्कार छैन ।’
अनि पहिलो भिडियोको अन्तिममा मन्त्रीलाई शाहीले सोधेका छन्, मन्त्रीज्यू, तपाईं कहाँ हुनुहुन्थ्यो ? मोजमस्तीमा ?’
यी र यस्तै सवाल गरेर ज्ञानबहादुर शाही र अरु केही व्यक्तिले मन्त्रीलाई विभिन्न शब्दको प्रयोग गर्दै गाली गरेका छन् ।
पहिलो भिडियो
पहिलो भिडियोमा मन्त्रीसँग कुराकानी गरेर मन्त्रीकै अगाडि सोधिएकाले केही संयम देखिएका शाहीले दोस्रो भिडियोमा भने अपशब्द प्रयोग गरेका छन् । दोस्रो भिडियोमा अन्य नागरिकसँगै विमान कम्पनीका कर्मचारीलाई शाहीले गाली गर्दै थर्काइरहेका छन् ।
उनले भनेको एउटा वाक्य यस्तो छ, ‘त्यो मुला मन्त्रीलाई यहाँ बोला, त्यसको बाउको प्लेन हो रोक्नलाई ?’
दोस्रो भिडियोको २ मिनेट २४ सेकेन्डमा सुन्नुहोस् ।
भिडियो लिङ्क
शाहीले यी र यस्तै अपशब्दको प्रयोग गर्दै मन्त्रीमाथि खनिएका छन् ।
त्यो भिडियो सार्वजनिक भएपछि केही व्यक्तिहरु ज्ञानेन्द्र शाहीप्रति नै खनिएका थिए ।
त्यसपछि उनले आइतबार बिहान करीव ९ बजे अर्को एउटा भिडियो पोस्ट गर्दै अपरान्ह १ बजे पत्रकार सम्मेलन हुने र त्यो पत्रकार सम्मेलनमा मन्त्रीले केके झुट बोलेका छन्, सबै कुरा भन्ने बताए ।
‘मन्त्रीमाथि जुन दुव्र्यवहार भयो भनेर पार्टीका झोले कार्यकर्ताहरु बुरुक बुरुक उफ्रेका छन्, त्यो भिडियो १० पटक हेर, कुनै पनि एकजना मान्छेले प्लेन रोक्न मिल्छ ? मन्त्रीमाथि दुव्र्यवहार भयो भनेर जो बुरुक बुरुक उफ्रेर कराइरहेका छौ नि, दुव्र्यवहार भनेको के हो, कालो मोसो दल्ने हो । त्यहाँ दुव्र्यवहार भा’छ ?
भिडियोमा उनले प्रयोग गरेको भाषा… बाँकी पूरै भिडियो हेर्नुहोला ।
शाहीले मन्त्रीमाथि दुव्र्यवहार भएको छैन, अपशब्द प्रयोग भएको छैन भनेका छन् । तर उनी आफैले पोस्ट गरेको भिडियोमा अपशब्द प्रयोग भएको स्पष्ट सुन्न सकिन्छ ।
त्यसबाहेक उनले ‘अरिङ्गालको दिन सकियो’ भनेका छन् । अनि कार्यकर्ताहरु ‘बुरुक बुरुक उफ्रने’ भनेका छन् ।
अनि उनले पोस्ट गरेको भिडियोमा अधिराज्य भनेका छन् ।
अधिराज्यको अर्थ बुझेका ‘झोले कार्यकर्ता’ र ‘अरिङ्गाल’हरु ज्ञानेन्द्र शाहीविरुद्ध बुरुक बुरुक उफ्रने नै भए ।
ज्ञानेन्द्र शाही भ्रष्टाचार विरुद्धका अभियान्ता ?
भारतमा अन्ना हजारे भ्रष्टाचार विरुद्ध अनसन बस्थे । भ्रष्टाचार विरुद्ध अन्नाले गरेको अनसनले भारतीय राजनीतिमा उथलपुथल नै ल्याइदिएको थियो । यसको स्पष्ट सन्देश थियो भ्रष्टाचार विरुद्ध शान्तिपूर्ण हिसाबले पनि लड्न र विरोध गर्न सकिन्छ ।
तर, हाम्रो देश नेपालमा भने गणतन्त्रका लागि लडेका, गणतन्त्रका पक्षधरमाथि जहाँ भेट्यो त्यहीँ दुव्र्यवहार गर्ने व्यक्ति अर्थात ज्ञानेन्द्र शाही नै भ्रष्टाचार विरोधी अभियान्ताको रुपमा चिनिएका छन् । हुन त नेपाली मनोविज्ञानलाई ज्ञानेन्द्र जस्ता मान्छेहरुले नै खेल्ने गरेका छन् ।
किनभने नेपालीहरु भावुक र मुढी छन् ।
आवश्यकता भन्दा बढी भावनामा आएर कसैलाई विश्वास गर्छन् । र आवश्यकता भन्दा बढी विरोध पनि गर्छन् । यही मनोविज्ञानमा आज ज्ञानेन्द्रहरुले खेल्न थालेका हुन् । होइन भने ज्ञानेन्द्र शाही के आधारमा भ्रष्टाचार विरोधी अभियान्ता ?
आवश्यकता भन्दा बढी भावनामा आएर कसैलाई विश्वास गर्छन् । र आवश्यकता भन्दा बढी विरोध पनि गर्छन् । यही मनोविज्ञानमा आज ज्ञानेन्द्रहरुले खेल्न थालेका हुन् । होइन भने ज्ञानेन्द्र शाही के आधारमा भ्रष्टाचार विरोधी अभियान्ता ?
ल्याइदिएको थियो । यसको स्पष्ट सन्देश थियो भ्रष्टाचार विरुद्ध शान्तिपूर्ण हिसाबले पनि लड्न र विरोध गर्न सकिन्छ । तर, हाम्रो देश नेपालमा भने गणतन्त्रका लागि लडेका, गणतन्त्रका पक्षधरमाथि जहाँ भेट्यो त्यहीँ दुव्र्यवहार गर्ने व्यक्ति अर्थात ज्ञानेन्द्र शाही नै भ्रष्टाचार विरोधी अभियान्ताको रुपमा चिनिएका छन् । हुन त नेपाली मनोविज्ञानलाई ज्ञानेन्द्र जस्ता मान्छेहरुले नै खेल्ने गरेका छन् ।
किनभने नेपालीहरु भावुक र मुढी छन् । आवश्यकता भन्दा बढी भावनामा आएर कसैलाई विश्वास गर्छन् । र आवश्यकता भन्दा बढी विरोध पनि गर्छन् । यही मनोविज्ञानमा आज ज्ञानेन्द्रहरुले खेल्न थालेका हुन् । होइन भने ज्ञानेन्द्र शाही के आधारमा भ्रष्टाचार विरोधी अभियान्ता ?
उनले अहिलेसम्म कति जना भ्रष्टाचारीको प्रमाणसहित पोल खोले ?
उनले कति जना भ्रष्टाचारीलाई सार्वजनिक गरे ? उनले कुनै भ्रष्टाचारीको ‘स्ट्रिङ अपरेशन गरे ?’ उनले भने जस्तो गणतन्त्रका लागि लड्ने सबै नेताहरु भ्रष्ट हुन् ? यो देशमा गणतन्त्र ल्याउन लड्नेहरु इमान्दार नेता कार्यकर्ता पनि छैनन् र ? योगेश भट्टराईहरु भ्रष्टचारी भैसकेका हुन् र उनलाई जहाज भित्रै दुर्व्यबहार गर्नु पर्ने ?
शाहीका गतिविधिहरुले के पुष्टि गर्छ भने–उनी कुनै भ्रष्टाचार विरोधी अभियान्ता होइनन् । गणतन्त्र विरोधी एक बुँखँचा हुन् जो आफ्नो जातिय शासन (राजतन्त्र) ल्याउन चाहान्छन् ।