काठमाडौं, असोज ७ । नेपाल नागरिक उड्डयन प्राधिकरणले १ सय ९५ कम्पनी तथा कार्यलयहरुलाई बक्यौता रकम बुझाउन सुचना निकालेको छ ।
विभिन्न एयरलाईन्स, सरकारी कार्यलय, फर्म एवं व्यक्तिहरुको नाममा सुचना जारी गर्दै प्राधिकरणले एक महिनाभित्र बक्यौता रकम बुझाउन आग्रह गरेको हो । प्राधिकरणले उल्लेख गरेको बक्यौता रकममा कुनै फरक परेको भए प्रमाण सहित उपस्थित हुन पनि आग्रह गरिएको छ ।
प्राधिकरणले तोकिएको समय १ महिनाभित्र बक्यौता रकम नबुझाउने कम्पनी, संस्था एवं व्यक्तिहरुलाई नागरिक उड्डयन प्राधिकरण विमानस्थल सेवा शुल्क नियमावली २०७६ तथा अन्य प्रचलित ऐन, कानुन अनुसार रकम असुली गरी कारबाही गर्ने चेतावनी दिएको छ ।
कसले कत्ति बक्यौता बुझाउन बाँकी छ ?
नेपाल नागरिक उड्डयन प्राधिकरणले निकालेको सार्वजनिक सुचना अनुसार एयर एसियाले १८ करोड ९४ लाख २१ हजार ४ सय ५७ रुपैयाँ बक्यौता बुझाउन बाँकी छ ।
यस्तै जेट एयरवेजले ३ करोड ५५ लाख ७२ हजार रुपैयाँ भन्दा धेरै बक्यौता रकम बुझाउन बाँकी छ ।
त्यसैगरी कस्मिक एयरले ३ करोड ४९ लाख रुपैयाँ, देशप्रेम ईन्टरनेशनलले १ करोड ७५ लाख रुपैयाँ, गल्फ एयरले २ करोड २२ लाख रुपैयाँ, ग्रिन ईन्टरनेशनल प्राईभेट लिमिटेडले १ करोड ४३ लाख रुपैयाँ बक्यौता तिर्नुपर्ने प्राधिकरणले जनाएको छ ।
यी हुन् बक्यौता तिर्न बाँकी भएकाहरु
