विदेशी एयरलाइन्सले ७ गुणा महँगो भाडा लिए उडान बन्द गर्न पर्यटन मन्त्री भट्टराइको निर्देशन !

दियो पोस्ट  

काठमाडौं, १६ भदौ । पर्यटनमन्त्री योगेश भट्टराई नियमित उडानको नाममा विदेशी एयरलाइन्सले अत्याचार गरे उनीहरुको उडान नै बन्द गर्ने चेतावनी दिएका छन् ।


आजदेखि नियमित रुपमा अन्तर्राष्ट्रिय उडान शुरु हुने भएपछि नेपाल आउने यात्रुको भाडा चार्टर उडान भन्दा ७ गुणा महँगो लिने तयारी थालेका छन् ।


सोही विषयमा एक टेलिभिजन अन्तर्वार्तामा उनले यस्तो चेतावनी दिएका हुन् ।

‘नेपाल आउँदा चार्ट उडान भन्दा ७ गुणा ८ गुणा बढी टिकेटको मुल्य तिर्नुपर्ने भयो भन्ने स्थिति आयो नी ?’ सञ्चारकर्मी रुपेश श्रेष्ठले सोधेको यो प्रश्नमा मन्त्री भट्टराईले भने,‘यो एकदमै दुखको स्थिति आयो । नेपाली दाजु भाई दिदिबहिनहरुले दुबई, दोहा, मलेशिया, अष्ट्रेलियाबाट कमेन्ट गरिरहनु भएको छ । त्यसकारण मैले हिजो नै मन्त्रालयको बैठक गरेँ । यो स्थिति के हो ? नेपालमा उडान गर्ने सम्पूर्ण एयरलाइन्सलाई बोलाउनुस् । कोभिड भन्दा अघि जुन भाडा लिइएको थियो । त्यो भन्दा बढी लिन पाइँदैन । यो कुरा उहाँहरुलाई स्पष्टसँग भन्नुस् भनेको छु । यस्तो अफ्टयारो अवस्थामा एयरलाइन्सहरुले झन सपोर्ट गर्नुपर्ने । यस्तो अवस्थालाई कमाउने मौकाको रुपमा लिनु हुँदैन भनेर मैले भनेको छु ।’


सरकारी निकायले महँगो भाडा लिन पाइँदैन भनेर सम्झाउने र यदि उनीहरुले नमाने उनीहरुको फ्लाइट बन्द गर्ने उनले चेतावनी दिए ।


‘सरकारी निकायले तपाईंको फेयर यति हो योभन्दा बढी लिन पाइँदैन भन्ने हो । यदि उनीहरुले मानेनन् भने उनीहरुको फ्लाइट बन्द गर्न सक्छौँ,’ उनले भने,‘त्यसले कुन परिस्थिति श्रजना गर्छ त्यो भोली नै हेरौँला । यदि अत्याचारै छ । ज्यादै छ । अन्यन्त्रित ढंगले भएको छ भने त नियन्त्रण गर्नुपर्छ ।’

TATA ADD