यी हुन् मल नदिएर नेपाली किसानलाई रुवाउने विवादित ठेकेदार !

दियो पोस्ट  

काठमाडौं, १६ भदौ । ठेकेदारहरु शारदा अधिकारी र हुमनाथ कोइरालाले नेपाली किसानलाई रुवाएका छन् ।

अधिकारीको शैलुङ इन्टरप्राइजेज र कोइरालाको होनिका मल्टिपल नामक कम्पनिले सस्तोमा कबोल गरी मल ल्याउने ठेक्का हत्याएका थिए । तर, यतिबेला कोरोना महामारी र मल नपाउने समस्याका कारण किसानहरु रुन बाध्य छन् ।


गत पुस र माघमा भएको टेण्डरमा अधिकारी र कोइरालाले ५० हजार टन युरिया मल ल्याउने ठेक्का पाएका थिए । यसअघि मलको टेण्डरमा सँधै अन्तर्राष्ट्रिय कम्पनिहरु सहभागी हुँदै आएपनि यसपाली भने नेपाली ठेकेदारले नै ठेक्का हत्याएका थिए ।


रासायनीक मलका लागि पहिलो पटक ठेक्का गर्ने शैलुङ इन्टरप्राइजेजले अनुभव विनै ठेक्का हत्याएको हो । मलको ठेक्का पाउने शैलुङले प्रतिटन ३२०.२५ डलरमा रसायनिक मल आयात गर्ने ठेक्का पाएको थियो । नक्कली भ्याटबिलदेखि खुल्लामञ्च नै कब्जा गर्ने विवादास्पद कोइराला नक्कली भ्याट बिल काण्डको अभियुक्त हुन् । विकोई बिल्डर्स नामक ठेकेदार कम्पनिका मालिक कोइरालाले २८ करोड बराबरको नक्कली भ्याट बिल बनाएका थिए ।


कोइरालाको विकोई विल्डर्सले होनिको कम्पनीका तर्फबाट ३०९.९० डलर प्रतिटनमा मल ल्याउँछु भन्दै ठेक्का हत्याएको थियो । जेठ दोस्रो सातादेखि आयात गर्नुपर्ने मल हालसम्म पनि नल्याएका कारण किसानहरु चर्को घाममा कोरोनाको संक्तमणबीच हुलहुज्जत गरेर विभिन्न ठाउँमा लाइन बसिरहेका छन् । मल नपाएर धेरै किसान रुँदै हिँडेका छन् ।

शैलुङले रसिया वा ओमानबाट र होनिकोले चीनबाट ल्याउनेसम्म भनेका थिए । तर, कुन कम्पनीबाट भन्ने निधो गरेका गरिएको छैन । हालसम्म पनि निधो नभएका कारण किसानले मल पाएका छैनन् ।


२० भदौमा अन्तिम खेप ल्याइसक्नुपर्ने भएपनि यसअवधिमा रसायनिक मलको मुल्य घटेका कारण उनीहरुले व्यापारिक फाइदा हेरेको पाइएको छ । सम्झौता भएपछि दुवै कम्पनिले प्रतितपत्र खोलेर मल नल्याउने बताए ।

नाफाखोर ठेकेदारहरु अन्तर्राष्ट्रिय बजारमा सस्तो मल खोजिरहेको भएपनि सरकारी निकाय मौन छ ।

विवादित ठेकेदार कोइराला नेपाली कांग्रेस निकट हुन् । यता अधिकारी भने नेकपा निकट हुन् । उनीहरु दुवै सत्तारुढ र प्रतिपक्षी दलको नेतासँग निकट सम्बन्ध राखेर निर्माण व्यावसायदेखि सप्लायर्ससम्म रजगज गर्दै आउने पात्रहरु हुन् ।

२७ करोड रुपैयाँ भ्याट नतिरि अख्तियारमै फाइल गायब बनाउने बद्नाम पात्र हुन् कोइाराला । कोइरालाकै योजनामा राजधानीको खुल्लामञ्च समेत कब्जा गरिएको थियो । उनकै योजना र उनीसमेत समलग्न भएको जलेश्वर स्वच्छन्द विकोई विल्डर्सले बसपार्क स्थित भ्यूटावर बनाउने ठेक्का पाएको थियो ।

उक्त ठेक्का निर्माण हुँदै गर्दा खुल्लामञ्चमा सटर बनाएर विक्री गरेको खुलेको थियो । नेपाली कांग्रेसमा आफूलाई कोइराला परिवारको सदस्य हुँ भन्दै हिँड्ने उनी जलेश्वर स्वच्छन्द विकोई विल्डर्समा २४ प्रतिशत शेयर छ । पुरानो घर स्याङ्गा भएका कोइरालाले मलको ठेक्का समेत शक्तिकेन्द्रको आडमा हत्याएको बताइन्छ ।

खुल्लामञ्च कब्जा प्रकरण : यी हुन् पर्दापछाडीका खलपात्र हुमनाथ कोइराला जो गुमनाम थिए !

सम्बन्धित खबर