आज २१ सेप्टेम्बर । अर्थात, अन्र्तराष्ट्रिय शान्ति दिवस । सन १९८२ सेप्टेम्बर २१ तारेखका दिनदेखि विश्व भर यो दिवस मनाउन थालिएको हो । संयुक्त राष्ट्रसंघ महासभाले सन् १९८१ मा संसारका सबै देश र जनताको शान्तिको कामना सहित अन्र्तराष्ट्रिय शान्ति दिवस मनाउने प्रस्ताव पारित गरेको थियो । यसै दिनको सन्दर्भ पारेर अन्र्तराष्ट्रिय रुपमा शान्ति दिवस मनाइने गरिन्छ । नेपालमा भने यो दिवस २०६५ सालदेखि मनाउन थालिएको हो । जुन समयमा नेपालमा तत्कालिन युद्धरत नेकपा माओवादीले बृहद शान्ति सम्झौता गरि शान्तिपूर्ण मुलधारको राजनीतिमामा आएको थियो । खासगरि सशस्त्र द्वन्दको अन्त्य र शान्ति प्रकृयाको संस्थागत सुरुवातको खुसियालीमा नेपालमा पनि यो दिवस मनाइने गरिन्छ । शान्ति प्रकृयामा सहयोग पुर्याउदैँ आएका मानव अधिकारवादी संघसंस्थाहरुले यस दिन बिभिन्न बिचार गोष्टी, सभा तथा र्याली आयोजना गरि अन्र्तराष्ट्रिय शान्ति दिवस मनाउने गर्छन् ।
नेपालमा मानव अधिकारको रक्षा गर्दै शान्ति स्थापनामा अग्रणी ‘मानव अधिकार तथा शान्ति समाजका अध्यक्ष गोबिन्द खनाललाई दियोपोस्टका लागि रीता बुढाथोकीको प्रश्न थियो,- शान्तिको हिसाबले आज विश्व कहाँ छ ?
आज विश्व शान्ति दिवस पनि हो । हामीले देशव्यापी रुपमा ¥यालीको आयोजना गरेर यो दिवस मनाउँदै छौँ । मानव अधिकार तथा शान्ति समाजले विश्व शान्तिको कामना गर्दै आणविक अस्त्र रहित विश्वका लागि आणविक अस्त्र निषेध सन्धि अनुमोदन भन्ने नाराका साथ हामी अन्र्तराष्ट्रिय शान्ति दिवस मनाउँदै छौँ । आज संघीय राजधानी काठमाडौँमा बृहद ¥याली तथा आम सभाको आयोजना गरि हामी अन्र्तराष्ट्रिय शान्ति दिवस मनाउँदै छौँ ।
आजको विश्व आणबिक हतीयारका कारण आम जीव, बनस्पती, मानव जीवन र सम्पूर्ण ब्रमाण्ड जोगाउनका मुस्किल भइरहेको छ । विश्वमा निकै खतरनाक र डरलाग्दा प्राणघातक, धर्ती नै खरानी हुन सक्ने ध्वंशकारी आणबिक हतीयारहरु निर्माण गरेर भण्डार भएका छन् । शक्ति राष्ट्रहरुले त्यसको भण्डार गरेका छन् । त्यस्ता हतीयारहरु राख्दासम्म यो सुरक्षित हुँदैन नष्ट गर्नुपर्छ । ती आणबिक अस्त्रहरु निर्माण र उत्पादन र भण्डार गर्न पाइँदैन भनेर विश्वव्यापी रुपमा हामीले आवाज बुलंद गर्दैछौँ । मानव अधिकारकर्मीहरुले शान्तिकामी जनसमुदायले त्यसको बिरुद्धमा आवाज उठाउनु भयो । संयुक्त राष्ट्रसंघले यस बिषयलाई आत्मसाथ गर्यो र त्यो एउटा सन्धी बनेको छ । त्यो सन्धीको नाम कि.पि.एन.डब्ल्यु । यो चाँही यही आणबिक अस्त्रको निर्माण बिकास, उत्पादन र भण्डारण सम्बन्धि आणबिक हतीयार बिशेष सन्धी हो । यो २०२१ जनवरी २२ वाट लागु भइसकेको छ । यो सन्धीमा ८६ राष्ट्रले हस्ताक्षर पनि गरिसकेका छन् भने ५५ राष्ट्रले अनुमोदन गरेको अवस्था छ । यो महासन्धीमा नेपालले पनि हस्ताक्षर गरिसकेको छ । संयोगले वर्तमान प्रधानमन्त्री शेर बहादुर देउवा प्रधानमन्त्री भएको बेला हस्ताक्षर भएको थियो ।
अमेरिका, रसिया, चिन, ब्रिटेन फ्रान्स, भारत, पाकिस्तान, इजराइल र उत्तर कोरिया जस्ता शक्ति राष्ट्रहरु छन्, ती राष्ट्रहरु आणबिक हतीयार उत्पादन, भण्डारण गर्छन् । ती शक्ति राष्ट्रहरुको दम्भका कारण विश्व नै आतंकित भएको छ । विश्वमा अशान्ति सिर्जना भएको छ । कुनै पनि सन्की शासक सन्कियो भने उसले कुनै पनि बेला ती अस्त्रहरु प्रयोग गर्न सक्छ । हामी आम निरिह नागरिक, प्राणी र जगत सबै ध्वस्त हुने संभावना छ । यसका बारेमा आम नागरिकलाई थाहा पनि छैन । ती नागरिकहरुको जीवन जोखिममा छ । त्यसैले विश्वमा रहेका यस्ता हतीयार निस्तेज गरिनुपर्र्छ । यो सन्धी अनुमोदन गर्नका लागि हामीले ती राष्ट्रका दुतावास अगाडी धर्ना पनि गरेका थियौँ । अघिल्लो वर्ष हामीले एकैदिन ३२ वटा कार्यक्रम गरेका थियौँ ।
शान्ति भन्नाले हतियारबाट विश्राम पाएपछिको अवस्था हो या यसको बृहत परिभाषा छ ?
वास्तवमा शान्ति शब्द आफैमा जति सानो छ, त्यसको महत्व बृहद छ । अहिसांपूर्ण जीवन पद्धती या अहिंसागत जीवनमार्ग नै खास अर्थमा शान्ति हुनसक्छ । हिंसाको आरम्भ नहुनु अथवा हिंसाको अन्त्य हुनु नै शान्ति हुनु हो । शान्तिलाई हामीले सद्गुण भनेर ब्याख्या गर्छौँ । यो असल चरित्रको सर्वोत्कृष्ट उदाहरण पनि हो । यो त सिर्जनाको आधार हो । वास्तवमा मानव जीवनको सार्थकताको सुचकाङ्क नै शान्ति हो । वास्तवमा शत्रुता बिनाको अवस्थालाई शान्तिको रुपमा परिभाषित गर्न सकिन्छ । शान्ति सुमधुरता र निश्चलताको स्थिती पनि हो । शान्ति त हामीले अनुभुती गर्ने कुरा हो ।
निर्भय र स्वतन्त्राको प्रतिक हो शान्ति । झै–झगडा बिनाको जीवनलाई हामी शान्तिमय जीवनका रुपमा बुझ्दछौँ । तनावरहित जीवन शान्तिको उदाहरण हुन सक्छ । मुख्यतया, सद्भाव, सहिष्णुता, न्याय, सम्मान र समझदारी शान्तिसंग अन्र्तरसम्बन्धित बिषय बस्तुहरु हुन् । भौतिक शान्ति, आत्मिक शान्ति, मानशिक शान्ति, नैतिक शान्ति यावत हुन सक्छन् । त्यस कारण शान्ति हृदयमा हुनुपर्छ । हृदयबाट शान्ति उद्गम हुन्छ । मस्तिष्कमा यो स्थापित हुन्छ ।
विश्व शान्तिका लागि हिंसाको समाप्ती, द्न्दको समाधान, निशस्त्रीकरण विश्वको परिकल्पना गर्दै हामीले विश्व शान्तिको कामना गरिरहेका छौँ । शान्ति स्थापनाका लागि हिंसाको समाप्ती नै हुनुपर्छ । हृदयको गहिराईबाट सुरु गरि मनमा समेत शान्तिलाई राख्न सक्नुपर्छ । शान्ति स्थापनाका लागि न्याय र समानतालाई अत्मसाथ गर्नुपर्छ । असमानता भयो भने, मन अशान्ति हुन्छ । अन्याय भयो भने मन अशान्ति हुन्छ र अभाव भयो भने पनि मन अशान्ति हुन्छ । त्यसकारण सम्पन्नता, बिकास र समृद्धिका लगि पनि शान्ति नै पूर्वाधार हो । जहाँ अभाव, अन्याय हुन्छ, जहाँ असमानता, विभेद छ, विकास छैन त्यहाँ एक किसिमको द्वन्द भइरहन्छ । द्न्द भइरहनु भनेको शान्ति नहुनु हो । यी पृष्टभूमीहरु शान्तिको खिलाफमा हुन्छन् । हामीले न्याय, समानता र विभेद रहित समाज स्थापनाका लागि र सम्पन्नताका लागि पहल गर्नुपर्छ ।
नेपालको सन्दर्भमा हेर्ने हो भने हाम्रो समाज या देशमा शान्तिको अवस्था कस्तो पाउनु भएको छ ?
हामी नेपालीहरुको सदियाँैदेखिको विकास क्रमलाई हेर्ने हो भने हामी अत्यन्तै शान्तिकामी हौँ भन्ने पुष्टि हुन्छ । हामी जस्तोसुकै अभावलाई पनि सहज तरिकाले व्यवस्थापन गर्न सक्छौ । विश्व शान्तिका प्रर्वतक भगवान गौतम बुद्ध जन्मेको देशका हामी नेपालीहरु स्वभावैले शान्तिप्रीय छौँ । हाम्रो देश जातजाती भाषा भाषीको बिबिधताले भरिएको छ । हामीहरुले धेरै अभावहरुलाई ब्यवस्थापन गर्दै विश्वमा शान्ति स्थापना गरेका छौँ । तर विश्वको मानचित्रमा हेर्ने हो भने, अशान्ति हुनका लागि धेरै पूर्वाधारहरु हामीले हाम्रो समाजमा भेट्न सक्छौँ ।
नेपालमा शान्ति स्थापना हुन नदिने सबैभन्दा मुख्य कारक तत्व भनेको सदियाँैदेखि हुँदै आएको अन्याय, थिचोमिचो, असमानता, सबैखाले विभेद र अवसरबाट बञ्चितीकरण नै हुन् । यी कुरालाई हामीले हाम्रो जीवनमा अभ्यस्त बनाएका छौँ । जो दमित छ, अन्यायमा परेको छ, बिभेदमा परेको छ उसले आफ्नो जीवन पद्धतीलाई अभ्यस्त बनाइरहेका छन् । कतिपय अवस्थामा अन्याय सहेर बसेका कारण पनि शान्ति स्थापना भए जस्तो लाग्छ । तर, त्यो वास्तविक शान्ति होइन ।
यसलाई बिस्तारै खोतलेर, जहाँ जहाँ शान्तिका वाधक तत्वहरु छन् ती वाधक तत्वहरुलाई निमिट्यान्न पार्नका लागि पनि हामीले धेरै पहल गर्नुपर्ने छ । सबैभन्दा मुख्य कुरा त देशमा प्रयाप्त विकास हुन सकेको छैन । बिकास नहुँदा अभाव हुने नै भयो । अभाबका कारणले मान्छे असन्तुष्ट हुन्छ । असन्तुष्ट हुनु भनेको भित्र भित्रै आन्दोलित हुनु हो । द्वन्द हुनु हो । द्वन्दले अशान्ति तर्फ धकेल्छ ।
अर्कातर्फ बिभिन्न राजनीतिक ढंगले उठेका मुद्धाहरु छन् । राजनीतिक रुपमा बिभिन्न समयमा हतियार समेत उठेका उदाहरण छन् । पछिल्लो केही वर्ष अघिसम्म पनि सहस्त्र युद्ध नै थियो । यसले ठूलो धनजनको क्षती भयो । कैयौँ हिंसा भए । हिंसा शान्तिको बिरुद्धमा हुन्छ । हिंसाले स्थान पाएको समाज कहिल्यै पनि शान्तिकामी हुन सक्दैन । नेपाल शान्ति देश हो । तर, शान्तिको अवस्था निकै संवेदनशिल पनि छ ।
दिगो शान्ती के हो ?
कुनै पनि बिकासको जीवन प्रक्रियासँग तादम्यता नहुँदा त्यो बिकास अशान्तिको कारक बन्न सक्छ । सिर्जनाका लागि शान्ति आवश्यक छ । तर केही बिचार, मनमस्तिष्कको अशान्त अवस्था, महत्वकांक्षी र प्रतिशोधात्मक सोचका कारण पनि ठूलो ध्वंस र विनास भएको हामीले पाउँछौँ । खास गरी महात्मा गान्धीले भन्नुभएको छ,– ‘शान्ति तर्फ जाने कुनै मार्ग छैन । तथापी शान्ति नै मार्ग हो ।’ हामीले महात्मा गान्धीका बिचारहरुलाई आत्मसाथ गर्र्यौं भने अहिंसालाई जीवन पद्धतीको जग मान्नु पर्ने हुन्छ । अहिंसा वास्तविक रुपमा अहिंसा नै शान्तिको जग तथा आधारशिला हो । युद्ध शान्तिका सबैभन्दा ठूलो शत्रु हो । सर्बप्रथम युद्ध मान्छेको मस्तिष्कबाट उत्पन्न हुन्छ । युद्ध हुन नदिन शान्तिको बिजारोपण मस्तिष्कमा नै गर्नुपर्छ । शान्ति सिद्धान्तमा होइन, आचरणबाट प्रतिबिम्बित हुनुपर्छ । आख्यानबाट होइन, उदाहरणबाट नै शान्ति स्थापना गर्नुपर्छ । त्यसकारण शान्ति स्थापना गर्नका लागि ब्यापक तयारी गरी योजना बनाउनुपर्छ । हाम्रा आचणहरु सुधार्नु पर्छ । राज्यका नीति नियमदेखि लिएर राज्यले अवलम्बन गर्ने सिद्धान्तहरु शान्तिका बाटाहरु हुन सक्छन् । ती कुराहरु हामीले व्यवस्थापन गर्न सकेनौँ भने, ती कुराहरु अशान्तिका कारक बन्न सक्छन् ।
शान्ति स्थापनाका लागि राज्यको भूमिका कस्तो हुनुपर्छ ?
राज्यले सम्पन्नताको लागि ध्यान दिनु पर्छ । खास गरि, बिकास, समानता, न्याय, सबै वर्ग समुदायको पहुँचको कुरामा राज्यले ध्यान दिनुपर्छ । राज्यले हरेक बिषयवस्तुमा सुक्ष्म ढंगले बिश्लेषण गरी योजना बनाउनु पर्नेहुन्छ । हामीले पाँच वटा अधिकारकाबारेमा कुरा गरेका थियौँ । नागरिक, राजनीतिक, सामाजिक, सांस्कृतीक, आर्थिक अधिकारका बिषय बस्तुहरुको योजना बनाउने क्रममा सरकारले सुक्ष्म ढंगले अध्ययन गरेर त्यसको पृष्ठभूमिमा रहेर ती अधिकारहरुलाई सबै नागरिकहरुले समान ढंगले अनुभुत गर्ने गरि ब्यबहारिक रुपमा नै योजना ल्याउनु पर्नेहुन्छ ।
समाजमा रहेका बिभेदहरु अन्त्य गर्नका लागि स्थानीय तह, प्रादेशिक सरकार, र संघीय गरि तीन तहका सरकार छन् । देशका सबै संरचनाहरुले शान्ति स्थापनाका लागि काम गर्नुपर्ने हुन्छ । हाम्रो सामाजिक सद्भाव कहाँनिर भड्किँदैछ, के कारणले द्वन्द हुँदैछ, राजनीतिक मुद्धाहरु उठेका छन् भने ती मुद्धाहरुलाई कसैले गलत ढंगले समाजमा स्थापित गर्न खोज्ने, समुदायलाई बिभाजित गर्ने, समुदायलाई उत्तेजित बनाउने र हिंसाको पृष्ठभूमी तयार गर्ने या हिंसाका माध्यमबाट राजनीतिक अभिष्ट पुरा गर्ने या जुनसुकै स्वार्थका लागि हाम्रा सामाजिक अबयवहरु प्रयोग भएका पनि हुन सक्छन् । त्यसतर्फ पनि राज्यले ध्यान दिनु पर्छ ।
शान्ति स्थापनाका लागि नेपालका नागरिक समाजको भूमिका के छ ?
नागरिक समाज जति बलियो हुनुपर्ने हो, त्यति बलियो भएको जस्तो लाग्दैन । खास गरि नगरिक समाज बलियो भयो मात्र राज्य तथा सरकार सुशासनको पक्षमा काम गर्नका लागि र जवाफदेही बन्नका लागि आधार तयार हुन सक्छ । तर नेपालमा नागरिक समाज कमजोर भएका कारण सरकार स्वेच्छाचारी भएको, संबिधान कार्यान्वयनको पाटो फितलो भएको, समयमै पुरा गर्नु पर्ने कामहरु पनि सम्पन्न नगरेको, राज्य एकाधिकारवादी हुँदै गएको र सरकार जनउत्तरदायी हुनु भन्दा पनि सत्ता टिकाउने खालको खेल जुन भइरहेको छ, यसले पक्कै पनि शान्ति स्थापना गर्न दिँदैन । सरकारको जनउत्तरदायी मानसिकताका कारण पनि समस्या उत्पन्न भएको छ । सरकारको यस्तो क्रियाकलापका बिरुद्धमा नागरिक समाज मौन रहनुले पनि समस्या भएको हो । त्यसकारण सम्पूर्ण रुपमा तटस्थ, स्वतन्त्र, निर्भिक र बलियो नागरिक समाजको जरुरी छ । त्यो बनाउने क्रममा हामीले अझै धेरै मेहनत गर्नु पर्ने देखिन्छ ।
शान्ति र विकास एक अर्काका परिपुरक हुन् र ?
बिकास बिना हामीले शान्तिको परिकल्पना गर्न सक्दैनौँ । र शान्ति भएन बिकास पनि हुँदैन । अभावमा शान्ति हुन सक्दैन । अभाव नै अशान्तिको एउटा पाटो हो । अभाव र अशान्ति एक सिक्काका दुई पाटा जस्तै हुन् । त्यस्तै, शान्ति र सम्पन्नता एउटै सिक्काका दुई पाटा हुन् । त्यसैले सम्पन्नता नै शान्तिको अनिवार्य पक्ष हो । लोकतान्त्रिक शासन व्यबस्थामा सरकार संचालन गर्ने राजनीतिक दलहरु नै हुन् । राजनीतिक दलहरुलाई हामीले बलियो बनाउनुपर्छ । रानीतिक दललाई परिमार्जित र परिस्कृत गर्दै लैजानुपर्छ । उनीहरुलाई खबरदारी पनि गर्नुपर्छ । दलहरुले पनि आफूलाई सच्याउँदै लैजानुुपर्छ ।
हामी समृद्धिको बाटोमा अगाडि बढ्नु पर्छ । समृद्धिको बिकल्प छैन । हामीले निकै द्रुत विकास गर्नुपर्नेछ । हामी दुई ठूला विशाल विकसित देशहरुको बीचमा गरिव मुलुकका रुपमा उभिएका छौँ । अरु देशको बिकास कहाँ पुगेको छ, हामी कहाँ छाँै ? हामीले भारत र चिनको तुलनामा लैजानु जरुरी हुन्छ । समग्रमा नागरिक समाज, सञ्चार क्षेत्र, उद्योग लगायत सबै क्षेत्रहरु जसले नेपालको समृद्धिका लागि महत्वपूर्ण भूमिका खेल्न सक्छन् । उनीहरुले नेतृत्व लिएर नेपालको विकास, समृद्धि र शान्तिका लागि पहल गर्नुपर्छ । यसका लागि राजनितिक शक्ति नै सक्षम हुनुपर्छ । समृद्धिका लागि दिगो शन्ति नै पहिलो सर्त हो ।