लोकप्रिय गायक रमेशराज भट्टराई र गायिका रचना रिमालको स्वरमा रहेको नयाँ गीत ‘तिम्रै निम्ति हो’ सार्वजनिक

diyopost.com
दियो पोस्ट  आइतबार, आश्विन १०, २०७८ | १६:३८:२१

नेपाली गीतसंगीत क्षेत्रका लोकप्रिय गायक रमेशराज भट्टराई र गायिका रचना रिमालको स्वरमा रहेको नयाँ गीत तिम्रै निम्ति हो सार्वजनिक गरिएको छ । ‘तिम्रै निम्ति हो‘ बोलको गीतमा निशा शर्मा अर्यालको शब्द रहेको छ भने संगीत रमेशराज भट्टराई रहेको छ ।
डान्सिंग बिटको गीतको भिडियोमा सागर लम्साल र गरिमा शर्माको नृत्य रहेको छ । बिक्रम चौहानको निर्देशन रहेको यो भिडियोमा मिलन बिश्वकर्माको सम्पादन रहेको छ । सहारा इन्टरनेन्मेन्टको ब्यानरमा निर्माण भएको यो गीतमा अस्ट्रेलियामा बस्दै आएका सुमन पोखरेलको लगानी रहेको छ ।
शनिबार सामाखुसीस्जित ट्रान्जिट रेष्टुरेन्टमा आयोजीत गीत सार्वजनिक कार्यक्रममा बोल्दै गायक रमेशराजले आफ्नो फरक गीत मध्येको यो पनि एक रहेको बताए । कार्यक्रममा गायिका रचनासँगै कलाकार सागर र गरिमाले पनि आफ्नो भनाई राखेका थिए ।

सम्बन्धित खबर