साइकल वितरणमा घोटाला भएको खुलेपछि प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा !

दियो पोस्ट  

जनकपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा छापा मारेको छ ।

प्रदेश–२ ले छोरीहरू विद्यालय पठाउने कार्यलाई उत्प्रेरित गर्नेगरी ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम सञ्चालन गरेको थियो ।

उक्त कार्यक्रम मार्फत साइकल वितरणमा चरम घोटाला भएको भन्दै अख्तियारले छापा मारेको हो । अख्तियार स्रोतका अनुसार केन्द्रबाट गएको टोलीले छापा मारेको हो ।

 

प्रदेश २ सरकारले २०७५ साल मंसिरबाट ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान सुरु गरेको थियो ।