जुम्लामा पहिरो- मृत्यु हुनेको संख्या ६ पुग्यो, एकजना बेपत्ता

दियो पोस्ट  

काठमाडौं । जुम्लाको कनकासुन्दरी गाउँपालिका वडा नम्बर–५ को मोपरिवाडामा घरमाथिबाट पहिरोमा पुरिएर ६ जनाको मृत्यु भएको छ । सो घटनामा दुई जना घाइते भएका छन् भने एक जनाको उद्धार भएको छ । प्रदेश प्रहरी कार्यालय कर्णालीका प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलका अनुसार गणेश बहादुर शाहीको घरमा उनका छिमेकीसहित गएराती नौ जना सुतिरहेको समयमा बिहान अन्दाजी ४ बजे एक्कासी पहिरो आएको थियो । पहिरोमा परेर ६ जनाको मृत्यु भएको छ भने दुई जनालाई हेकिप्टरमार्फत उपचारका लागि लैजाने तयारी भइरहेको छ ।

अन्दाजी २२ वर्षका विद्या हमाल अहिले पनि हराइरहेका छन् भने प्रहरीको टोलीले खोजतलास जारी राखेको उनले बताए । ‘गणेशका छिमेकीको घरमाथि पहिरो आउने डरले उनीहरु गणेशको घरमा हिजो सुत्न आएका रहेछन् ।’ उनले भने ।