देउताको दैलोमा नपुग्दै दनादन : मुक्तिनाथ दर्शन सेवा प्रालिबाट सरकारी कागजात किर्ते !

देउताको दैलोमा नपुग्दै दनादन : मुक्तिनाथ दर्शन सेवा प्रालिबाट सरकारी कागजात किर्ते  !

काठमाडौं,असोज १७ । सरकारी कागजात किर्ते गरी सरकारी सम्पत्ति हत्याएको काण्ड सुनेर हप्ताअघि नै जिब्रो टोकियो । तर २० अर्बमा काम सक्छु भन्ने कम्पनीको कागजात तलमाथि पारेर ४९ अर्बमा सकिने गरी सरकारी सम्झौता बनाईदै छ ।

र, यो पनि प्रहरी अनुसन्धानको मामिला बनिरहेको छ । कास्कीको विरेठाँटीदेखि मुस्तानको मुक्तिनाथ मन्दिरसम्म केबुलकारको ८५ दशमलव ५ किलोमिटर यात्रा हुने परियोजनामाथिको घोटलाको प्रशंग हो यो ।

शंकरमान डंगोल अध्यक्ष रहेको मुक्तिनाथ दर्शन सेवा प्रालिबाट सरकारी कागजात किर्ते गरेबापत अध्यक्ष सहित २ जना संचालक निकालिएका छन् । तर, न निकालिएका अध्यक्ष यसबारे जानकार छन् । न हस्ताक्षर र उनको निर्णय पुस्तिका नै छ ।

तर कम्पनी रविष्टारको कार्यलयका कर्मचारीसँगको मिलेमतोमा नयाँ ब्यवस्थापन समितिका पदाधिकारीले शेयर प्रमाणपत्र हात पारिसकेका छन् । उक्त कम्पनीमा पहिला शंकरमानसहित योगेन्द्रचन्द्र पालिखे, प्रकाशबहादुर सिंह, हरिप्रसाद तम्चा, पुष्करमान श्रेष्ठ, दिवाकरकुमार ओझा, रोशन राहनी र तुलसिमान सिंह सञ्चालक थिए । बुधबारको जनआश्था साप्ताहिकमा खबर छ ।

Trending News