को हाेला प्रहरी आइजिपी ? यस्तो छ जय बहादुर चन्द र नवराज सिलवालको योग्यता विवरण (पत्रसहित)

दियो पोस्ट  

काठमाडौं, ७ फागुन । नेपाल प्रहरीको महानिरिक्षक को बन्ने भन्ने विषय भोली अदालतले टुङ्गो लगाउँदैछ ।
गत हप्ता मन्त्रिपरिषदको बैठकले डिआइजी जय बहादुर चन्दलाई प्रहरी प्रमुखमा नियुक्त गरेपछि त्यसको केही घण्टामै सर्वोच्च अदालतले आइजिपी पदमा ‘काम नगराउन’ अन्तरिमकालिन आदेश दिएको थियो ।

यता अर्का डिआइजी तथा सिआइबी प्रमुख नवराज सिलवालले पनि सर्वोच्च अदालतमा आफूलाई आइजिपी बनाउँन माग गर्दै निवेदन हालेका थिए ।
उनको निवेदन उपर पनि सुनुवाई गर्दै डिआइजी चन्दको आइजिपि हुने सपनामा तगारो हालिदियो र पदस्थापना नगर्न दोस्रो अन्तरिमकालिन आदेश दियो ।
प्रहरी संगठन भित्र अदालत प्रवेश गरेपछि यतिबेला प्रहरी प्रमुख को बन्ने भन्ने सर्वत्र जिज्ञासा छ । आइजिपीको लागि चारै जना डिआइजीहरु सशक्त दाबेदार हुन् ।

डिआइजीहरु जय बहादुर चन्द, नवराज सिलवाल, प्रकाश अर्याल  र बमबहादुर भण्डारी एकैदिन प्रहरि निरिक्षकमा सेवा प्रवेश गरेका थिए ।
अदालतले सरकारको निर्णय बदर नगरे चन्द नै भावि आइजिपी बन्ने छन् । यी दुई प्रहरी नायब महानिरिक्षकको योग्यता र क्षमतालाई लिएर समेत सामाजिक सञ्जालमा बहस जारी छ । आईजिपिको रुपमा सरकारले नियुक्त गरेको जय बहादुर चन्दले विभिन्न तालिम तथा पदकहरुमा सिलवाललाई पछि पारेको भेटिएको छ ।


दियोपोस्टलाई प्राप्त प्रमाण अनुसार प्रहरी निरिक्षकको आधारभूत तालिममा जय बहादुर चन्दले क श्रेणिमा उत्तिर्ण गरेका थिए भने यता सिलवालले ख श्रेणिमा उत्तिर्ण गरेका थिए । यता चन्दले जम्मा जम्मि २८ स्थानमा पोस्टिङ पाएका थिए भने सिलवालको पोस्टिङ १८ छ ।
प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको विवरण अनुसार डिआइजि चन्दले ईन्चार्जको रुपमा मात्रै १४ जिल्लामा कमाण्ड सम्हालेका थिए । यता सिलवालले भने जिल्ला इन्चार्ज भएर जम्मा ७ जिल्लामा कमाण्ड सम्हालेका छन् । त्यस्तै चन्दले मधेसका भित्रि जिल्ला सहितका स्थानमा ५ पटक सम्म जिल्लाको कमाण्ड सम्हालेका छन् भने सिलवालले मधेसका कुनै पनि जिल्लामा कमाण्ड सम्हालेका छैनन् ।

पुरस्कार कसले बढि पायो ?

प्रहरी सेवामा पुरस्कारको पनि ठूलो महत्व हुन्छ ।डिआइजी चन्द र सिलवालबीच पुरस्कार पाउँने संख्यामा समेत व्यापक अन्तर छ । चन्दले प्रहरीका उत्कृष्ठ सेवा पु¥याएको भन्दै १२ पटकसम्म पुरस्कार पाएका थिए । यता सिलवालले भने ५ पटक मात्रै नगद पुररस्कार पाएका छन् । चन्दले २ ग्रेड पाएका छन् भने सिलवालले अहिलेसम्म कुनै ग्रेड पाएका छैनन् ।

त्यस्तै गरी नेपाल प्रहरीमा एउटा अर्को पदकले ठूलो अर्थ राख्छ । त्यो हो,‘नेपाल प्रहरी पदक’ । यो पदकबाट प्रहरीमा विरताका लागि मात्रै प्रदान गरिन्छ । यस्तो पदक पाउँने एकमात्रै प्रहरी अधिकृत जय बहादुर चन्द हुन् ।