काठमाडौंमा थाल ठटाएर सरकारको विरोध !

Diyo post  

बालिका निर्मला पन्तको हत्यारालाई पक्राउ गरी कडा कार्वाही गर्न माग गर्दै काठमाडौंमा थाल ठटाएर सरकारविरुद्ध प्रर्दशन गरिएको छ ।

युवा नर्स सञ्जालले निर्मला पन्तको हत्यारालाई पक्राउ गरी कार्वाही गर्न माग गर्दै सोमबार दिउँसो काठमाडौंको माईतीघर मण्डलामा सरकारविरुद्ध थाल र चम्चा ठटाएर प्रर्दशन गरेको हो । प्रर्दशनकारीहरुले निर्मला हत्या प्रकरणका दोषीलाई अझै पक्राउ गर्न नसकेको भन्दै गृहमन्त्री रामबहादुर थापाको राजीनामा माग गर्दै चर्का नाराबाजी समेत गरेका थिए ।

बालिका निर्मला पन्तको हत्यारालाई पक्राउ गर्न नसकेको विरोधमा काठमाडौंमा दैनिक प्रर्दशन हुँदै आएका छन ।

उनीहरुले निर्मलाको हत्यारालाई पत्ता लगाउन बम दिदीबहिनीलाई अनुसन्धानमा दायरामा ल्याउन ढिलाई नगर्न पनि सरकारलाई दिवाव दिँदै आएका छन ।

सरकारद्वारा गठित उच्चस्तरीय छानवीन समितिको प्रतिवेदनले पनि एसपी डिल्लीराज विष्ट र बम दिदीबहिनीलाई अनुसन्धान गर्न सरकारलाई सुझावसहितको प्रतिवेदन बुझाई सकेको छ ।

सम्बन्धित खबर