काठमाडौं, असोज २८ । दसैं सुरुभएसँगै बैंकहरूमा चेक सटही र रकम लेनदेन बढेको छ । नेपाल क्लियरिङ हाउसले यस्तो कारोबार एकै दिन ४६ करोडभन्दा बढी गरेको छ । बिहीबार मात्रै क्लियरिङ हाउसमा ४६ अर्ब ६१ करोड ५० लाख रूपैयाँ कारोबार भयो । त्यसमध्ये चेक क्लियरिङबाट ३८ अर्ब ९७ करोड र बैंक भुक्तानी प्रणाली ९आईपीएस०मार्फत सात अर्ब ६४ करोड छ ।
हरेक वर्ष दसैंअघि कारोबार बढ्छ । फूलपातीको अघिल्लो दिन सबैभन्दा धेरै क्लियरिङ हुने हाउसकी अप्रेसन म्यानेजर मुन्नी राजभण्डारीले बताइन् । गत वर्षभन्दा यसपालि कारोबार बढेको छ । क्लियरिङ हाउसमार्फत् पछिल्ला पाँच दिन ९आइतबारदेखि बिहीबारसम्म०मा दुई खर्ब १६ अर्ब रूपैयाँ कारोबार भयो । त्यसमध्ये एक खर्ब ८३ अर्ब ३८ करोड चेक क्लियरिङबाट भएको हो । ३२ अर्ब ८० करोड चाहिँ आईपीएस प्रणालीमार्फत् भयो ।
राष्ट्र बैंकले पैसाको लेनदेनलाई डिजिटल प्रविधिमा रूपान्तरण गर्ने प्रक्रिया थालेको वर्ष बितिसक्दा पनि चेक साट्नेको संख्या हरेक वर्ष बढ्दो छ । अरु समयमा चेक क्लियरिङ र आईपीएस दुवै प्रणालीमार्फत दैनिक औसतमा ३० अर्ब रूपैयाँको ५० हजार पटक लेनदेन हुन्छ ।
क्लियरिङ हाउसले चेक र आईपीएसमार्फत् पाँच दिनमा सवा दुई खर्ब लेनदेन गरेको छ ।
गत वर्ष क्लियरिङ हाउसले एकै दिनमा ८० हजार पटक कारोबार गरेको थियो । अहिले ८६ हजार नाघिसकेको छ । गत आइतबार चेक र आईपीएस प्रणालीमार्फत क्लियरिङ हाउसबाट ८६ हजार तीन सय ३५ पटक लेनदेन भएको थियो ।
हाउसले दसैं अवधिमा आईपीएसबाट दैनिक औसतमा १४ हजारदेखि २१ हजार पटकसम्म कारोबार गरिरहेको छ । गत वर्ष भने दैनिक ६ हजार पटक भएको थियो ।
२०७३ भदौ एकबाट सुरु गरिएको उक्त प्रणालीअन्तर्गत दैनिक औसतमा आठ हजार आठ सय ७७ वटा कारोबार गरेको थियो । हाउसको तथ्यांकअनुसार अन्तरबैंक रकम लेनदेन गर्ने ग्राहक संख्या दिनप्रतिदिन थपिँदै गएको छ । सामान्य समयमा दसैंमा चेक क्लियर दोब्बर हुने गरेको राष्ट्र बंैकका कार्यकारी निर्देशक झलक शर्मा आचार्यले बताए ।
बैंक तथा वित्तीय संस्थामा पैसा सार्ने वा झिक्ने काममा कार्डको प्रयोग भएपनि ठूला रकममा चेकबाटै काम हुने भएकाले कारोबार रकम बढी देखिएको हो । हाउसले नेपाली चेक क्लियरिङ गर्नुका साथै युएसए, युरो तथा जीबीपी पनि साट्ने चेक पनि क्लियरिङ गर्ने गरेको छ ।
गत वर्ष चेक क्लियरिङ हुन नसकेर भुक्तान नपाएर धेरैले सास्ती पाएका थिए । चेक क्लियरिङ हुन नसकेर धेरैले पटकपटक बैंक धाउनु परेको थियो । यस वर्ष भने हाउसमा कुनै समस्या नहोस् भनेर हाउसको हार्डवेयरदेखि सम्पूर्ण कार्य प्रणालीको क्षमता बढाएको छ ।
हाउसले एकै दिन एक लाख ९२ हजार चेक क्लियरिङ गरेको छ भने आईपीएसमार्फत ८० हजार कारोबार गरेको छ ।
पछिल्लो ५ दिनको कारोबार
बार रकम कारोबार ९पटक०
आइतबार ४४ अर्ब ४१ करोड ८६ हजार ३३५
सोमबार ४१ अर्ब ३९ करोड ७० हजार ४५७
मंगलबार ४३ अर्ब २३ करोड ५९ हजार २३९
बुधबार ४० अर्ब ५२ करोड ६१ हजार ५५८
बिहीबार ४६ अर्ब ६१ करोड ६४ हजार ८४
स्रोतः नेपाल क्लियरिङ हाउस÷आईतबारको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।