काठमाडौं, असोज २८ । दशैं र तिहारका लागि गरिने नयाँ नोटको वितरण चुनौतीपूर्ण बन्दै गएको छ ।
मागअनुसार आपूर्ती हुन नसकेको, नोट छपाई तथा व्यवस्थापन खर्च थपिदै गएको लगायत कारण नोट वितरण चुनौतीपूर्ण बन्दै गएको हो ।
एकातिर हरेक वर्ष नयाँ नोटको माग बढिरहेको अर्कातिर सोही दरका प्रयोगयोग्य नोट राष्ट्रबैंकको गोदाममा थन्किएकाले व्यवस्थापन चुनौतीपूर्ण बनेको राष्ट्रबैंकले जनाएको छ ।
नयाँ नोटको माग आउने तर प्रयोग गर्न सकिने राम्रा नोट लिन नचाहने प्रवृत्तिले ढुकुटीमा ठूलो परिणाममा नोट थुप्रिदै गएको छ । आईतबारको कान्तिपुर दैनिकमा खबर छ ।