दैलेखमा भुकम्प गएपछि……

diyopost.com
Diyo post  मंगलबार, कार्तिक ०६, २०७५ | ७:५७:५०

 

काठमाडौं , कात्तिक ६ । दैलेखमा दुई घन्टाको अन्तरमा दुई भूकम्पहरु महसुस गरेका छन् ।

गए राति १२ः३१ बजे ३.९ म्याग्निच्यूड र आज बिहान १ः४० बजे ३.८ म्याग्निच्यूडको भूकम्पको महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

असोज २० गते पनि दैलेख केन्द्रबिन्दु भएर ४.३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। त्यो भन्दा अघिल्लो दिन असोज १९ गते दैलेखलाई नै केन्द्रबिन्दु बनाएर दुईपटक सम्म ४ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रको दावी रहेको छ ।

सम्बन्धित खबर