जुम्लाका कर्मचारीले दशैंमा समेत तलब पाएनन

Diyo post  

जुम्ला, कात्तिक ६ । नेपालीको महान चाड बडादशैंमा पनि तलब नपाएको कर्मचारीले गुनासो गरेका छन् । तत्कालीन जिल्ला प्राविधिक कार्यालय, जुम्लाका कर्मचारीले गत असारबाट तलब नपाएको भन्दै गुनासो गरेका हुन् ।

तत्कालीन जिल्ला प्राविधिक कार्यालय जुम्लाका प्रमुख टेक हितानका अनुसार सङ्घीय संरचनापछि कर्मचारी तथा कार्यसम्पादनमा निकै उथलपुथल भएको छ । दशैं जस्तो चाडमा थप रकम त परै जाओस्, तीन महिनादेखि तलब नपाएको उनले बताए ।

“आजभोलि भन्दाभन्दै आशैआशमा दशैं बित्यो’’ भने, “जिल्लाका धेरै कर्मचारी अन्यौलमा छन् दरबन्दी कहाँ, हाजिर कहाँ हुने, काम के गर्ने भन्ने कुराले निकै अन्यौलमा छन् ।”

प्राविधिक खगेन्द्र भण्डारीका अनुसार तत्कालीन जिल्ला प्राविधिक कार्यालयका सातजना कर्मचारीले गएको असारदेखि तलब पाएका छैनन् । तलब आउँछ, भन्ने आशमा दशंै पनि बित्यो तर पाइएन ।

उनले भने, “खर्च व्यवस्थापन गर्न निकै गाह्रो भयो अझै कहिले आउने हो निश्चित छैन । सम्बन्धित निकायमा पटकपटक पहल गर्दा पनि सुनुवाइ नभएको उहाँको भनाइ छ ।”

सम्बन्धित खबर

सिफारिस