अधिकांश कम्पनीको शेयरमूल्य घटेसँगै धितोपत्र बजार खस्कियो

diyopost.com
Diyo post  मंगलबार, कार्तिक ०६, २०७५ | १५:४१:१८

काठमाडौं, कार्तिक ६  । नेप्से परिसुचक आज पनि घटेको छ । आज साढे २ अंकले घटेर नेप्से परिसुचक झण्डै १२ सय ४२ अंकमा झरेको छ । हिजो पनि नेप्से परिसुचक झण्डै २ अंकले घटेको थियो । कारोबार रकम भने हिजोको तुलनामा आज झण्डै ३ करोड रुपैयाले बढेको छ । आज १९ करोड ८७ लाख रुपैयाँ बराबरका ८ लाख ४२ हजार कित्ता शेयर किनबेच भएका नेपाल स्टक एक्सचेन्ज नेप्सेले जनाएको छ ।

कारोबार भएकामध्ये अधिकांश कम्पनीको शेयरमूल्य घटेसँगै आज समग्र नेप्से परिसुचक घटेको हो । दिनभरको कारोबारमा आज सबैभन्दा धेरै समता माईक्रोफाईनान्स वित्तिय संस्था लिमिटेड र कालिका लघुवित्त वित्तिय संस्था लिमिटेडका लगानीकर्ताहरुले ४ प्रतिशत गुमाएका छन् । युनाईटेड फाईनान्स लिमिटेडका लगानीकर्ताले १० र अरुण कावेली पावर लिमिटेडका लगानीकर्ताले ५ प्रतिशत कमाए ।

सम्बन्धित खबर