काठमाडौँ, कात्तिक ८ । मस्तिष्क हाम्रो शरीरको यस्तो अंग हो, जसको संकेतविना शरीरको कुनै अंगले काम गर्दैन । तर, उमेर बढ्दै जाँदा मानिसको स्मरणशक्तिमा पनि क्रमशः ह्रास आउन थाल्छ । कतिपय अवस्थामा त मानिसले आफूले गर्नुपर्ने सामान्य काम गर्न पनि बिर्सिरहेको हुन्छ । सामान्यतया मानिसको स्मरणशक्ति कति बलियो छ भन्ने कुरा उसको खानपान र जीवनशैलीमा भर पर्छ । यसबाहेक सम्झने शक्ति मस्तिष्कको क्षमताका आधारमा पनि मापन गरिन्छ । स्मरणशक्ति सन्तुलनमा राख्न उसको शारीरिक तथा मानसिक स्वास्थ्य तन्दुरुस्त हुनु आवश्यक हुन्छ । त्यसका लागि यी कुरामा ध्यान दिनुपर्छ :
खानेकुरा
स्मरणशक्तिलाई तन्दुरुस्त राख्न प्रशस्त एन्टिअक्सिडेन्ट पाइने खानेकुराहरू खानु आवश्यक हुन्छ, जस्तै– हरियो सागपात, गाँजर, बदाम, काजु, स्याउ, अदुवा आदि । यसका साथै माछामा पाइने स्वस्थ बोसो र गेडागुडीले पनि मस्तिष्कलाई फाइदा गर्छ । यस्ता खानेकुराले दिमागलाई निष्क्रिय पार्ने तत्वलाई कमजोर बनाउँछ र स्मरणशक्तिमा सुधार ल्याउँछ ।
धेरै सोच्नुहोस्
दिमागलाई पर्याप्त रूपमा अभ्यास गराउनुहोस् अर्थात् धेरै सोच्नुहोस् । तर, मस्तिष्कलाई असर पर्ने खालका नकारात्मक कुरा भने सोच्नुहुँदैन । विशेषगरी बिहान उठ्नेबित्तिकै चेस, लुँडो, बाघचालजस्ता चुनौतीपूर्ण खेलले दिमागको सम्झने शक्तिलाई जागरुक बनाउँछन् ।
ग्रिन टी पिउनुहोस्
ग्रिन टीमा अत्यधिक मात्रामा एन्टिअक्सिडेन्ट हुन्छ, जसले स्मरणशक्ति बढाउन मद्दत गर्दछ । यसमा पोलिफिनोल नामक तत्व हुन्छ, जसले स्मरणशक्ति बढाउँछ । दिनमा कम्तीमा दुई कप ग्रिन टी पिउनु उपयुक्त हुन्छ ।
पर्याप्त सुत्नुहोस्
दिमागलाई तेजिलो बनाउन पर्याप्त निद्रा आवश्यक छ । गहिरो निदाउने व्यक्तिको स्मरणशक्ति बलियो हुन्छ । दिमागले राम्रोसँग काम गर्न वयस्कको दिमागलाई ७ घन्टा निद्रा आवश्यक पर्दछ । शरीरलाई जति स्वस्थ राख्न सक्यो, दिमागलाई त्यति नै बलियो बनाउन सकिन्छ ।
नयाँपन
सामान्य अवस्थामा हाम्रो दैनिक जीवनमा एउटै कुरा दोहोरिरहन्छन् । सधैँ एउटै खाले काम, प्रवृत्ति, सानो घेरामा सीमित हुने व्यवहारले हामी अतिरिक्त कुराको बारेमा सोच्दैनौँ । यसले हाम्रो स्मरणशक्तिलाई संकुचित बनाइरहेको हुन्छ । तसर्थ, प्रत्येक दिन केही नयाँ कुरा गर्नु आवश्यक हुन्छ । जस्तै, तपाईं सधैँ अफिस गइरहने बाटोभन्दा भित्रको अर्को बाटो अपनाएर जान सक्नुहुन्छ । नयाँ पत्रिकाबाट