सुनसरीका कैदीबन्दी राधेश्यामको मृत्यु !

दियो पोस्ट  

सुनसरी , कात्तिक ९ । सुनसरीको भुम्का नगरपालिकामा रहेको क्षेत्रीय कारागारमा बिहीबार एक कैदीबन्दीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा उदयपुर हडिया–८ का ३६ वर्षीय राधेश्याम चौधरी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कारागारमा कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका मुटुसम्बन्धी रोगबाट पीडित चौधरीलाई उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएकामा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । (रासस)

TATA ADD