नक्कली प्रमाणपत्रले जागिर खानेमा सबैभन्दा बढि शिक्षक

दियो पोस्ट  

काठमाडौं, कार्तिक ११ । नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र बनाएर जागिर खानेमध्ये सबैभन्दा धेरै शिक्षक भेटिएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पर्ने उजुरीमाथि भएको अनुसन्धानमा नक्कली प्रमाणपत्रमार्फत जागिर खानेमध्ये शिक्षक धेरै भेटिएका हुन् ।

दरबन्दी भएको तर कम प्रतिस्पर्धा हुने स्थानमा नक्कली शैक्षिक प्रमाणपत्र बनाएर शिक्षकको जागिर खाने गरेको भेटिएको हो ।

विशेषगरी भारतको बिहारलगायतका स्थानबाट ल्याइएका शैक्षिक प्रमाणपत्र नक्कली भेटिने गरेको अख्तियारले जनाएको छ । आइतबारको नागरिक दैनिकमा खबर छ ।